back
CTIZAN AD

युवाद्वारा व्यावसायिक मेवा खेती शुरु

वि.सं.२०७६ असोज ७ मंगलवार

780 

shares

७ असोज, वीरगञ्ज । ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् ।
भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्न ती युवाले थोरै लगानीमै व्यावसायिक मेवा खेती शुरु गरेका हुन् । नेपाली बजार पञ्चाननब्बे प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले कञ्चनपुर नगरपालिकाका पीताम्बर कर्ण, दीपक गुप्ता र अनिल प्रधानले करीब रु २० लाखको संयुक्त लगानीमा पाँच बिघा जमीनमा मेवा खेती शुरु गरेका हुन् ।
रोपेको आठ महीनामा मेवा बिक्री लायक हुने र एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको जानकारी दिँदै कृषक पीताम्बर कर्णले भने प्राङ्गारिक मलबाट खेती शुरु गरिएकाले यहाँबाट उत्पादित मेवा स्वास्थ्यको लागि फाइदाजनक हुन्छन् ।
पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको हो । खादेर देवी टे«डर्स नामक नाम दिइएको सोे मेवा खेतीसँगै एक बिघा जमीनमा सयपत्री फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडस्को खेतीसमेत गरिएको छ । प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको जानकारी दिँदै उक्त प्रदेशका भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले राससलाई भने, “उक्त व्यवसायलाई आवश्यक पर्ने सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।”(रासस)

वि.सं.२०७६ असोज ७ मंगलवार १४:२५ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...