back
CTIZAN AD

‘याद आउछ बेसरी’ गीति एल्बम सार्वजनिक

वि.सं.२०७६ असोज ७ मंगलवार

705 

shares

काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ ।   वास्तवमा नेपालीको गीत संगीत नै लोकगीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन । लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ ।  करोड क्लवलाई लक्षित गर्दै दिनहुँ लोक संगीतहरु आईरहेका छन् ।

त्यसै क्रममा ‘याद आउँछ बेसरी’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । यस गीतलाई कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन् । गीतको शब्दलाई गणेश गुरुङले लेखेका हुन् भने संगीत गायिका माया गुरुङले भरेकी हुन् । गीतलाई संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन् ।

मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् । पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

गीतमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरीकाबाट पर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई प्रकाश खड्को छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन् ।

वि.सं.२०७६ असोज ७ मंगलवार १३:३४ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...