back
CTIZAN AD

अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री

वि.सं.२०७६ असोज ७ मंगलवार

945 

shares

७ असोज, डडेल्धुरा । अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेदास्थ अनाथालयमा रहेका बालबालिकालाई स्टेशनरी र खेलकूद सामग्री वितरण गरिएको छ ।
अनाथालयका बालबालिकालाई एक शैक्षिकसत्रसम्म पुग्ने गरी कापी, कलम, पेनसिल, सामान्य ज्ञान, नेपाली तथा अङ्ग्रेजी व्याकरण र खेलकूद अन्तर्गत भलिबल, नेट, पम्पलगायतका सामग्री वितरण गरिएको सन नेपाल इन्स्योरेन्स कार्यालयका क्षेत्रीय प्रबन्धक दीपेन्द्र साहले जानकारी दिए ।
सो कम्पनी जीवन बीमासँगैं सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यसाथ स्थापना भएको उनले बताए । डडेल्धुरामा स्थापना भएको सो संस्थाले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा रचनात्मक कामसँगै सामाजिक उत्तरदायित्व निर्वाह हुने खालका काम गर्दे आइरहेको जानकारी दिँदै अनाथ बालबािलकालाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।
अनाथालय सञ्चालन गरिहेका युवा समाजसेवी जीत ताम्राकारले शैक्षिक र खेलकूद सामग्री हस्तान्तरणले निकै राहत पुगेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक र खेलकूद सामग्री हस्तान्त्ररण गरेर उदाहरणीय काम गरेको उनले बताए । (रासस)

वि.सं.२०७६ असोज ७ मंगलवार १४:५३ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...