back
CTIZAN AD

हेर्नुस् कति कडा कानुन, जहाँ दुई दाना आप चोर्दा देश निकाला हुनुपर्यो यी मजदुर

वि.सं.२०७६ असोज ७ मंगलवार

3.1K 

shares

७ असोज, दुवई । दुवई एयरपोर्टमा कार्यरत एकजना भारतीय नागरिकलाई यात्रुको लगेजबाट २ वटा आँप चोरेको अभियोगमा ३ महिनाको जेल सजाय मात्र भएन, ५ हजार दिरहाम जरिवानासहित देश निकाला समेत गरियो ।

उनलाई उक्त जरिवाना र देश निकाला गर्ने फैसला सोमबार दुवईको उच्च अदालतले गरेको दुवईबाट संचालित अनलाईन खलिज टाइम्समा समाचार प्रकाशित छ ।

घटनाको विवरण अनुसार दुबई ईन्टरनेशनल एयरपोर्टमा लगेज ओसार–पसारको काम गर्ने २७ वर्षीया भारतीय नागरिकले २०१७ को अगस्तमा दुवईबाट भारत जान लागेका यात्रुको लगेजबाट २ वटा आँप झिकेको स्वीकारेका थिए ।

उनले आफूलाई पानी प्यास लागेको कारण यात्रुको लगेजबाट दुईवटा आँप निकालेर खाएको बताएका थिए ।  अप्रिल २०१८ मा उनलाई पक्राउ गरेर उक्त घटनाको बारेमा सोधपुछ गरिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । साथै प्रहरीले उनी बस्ने घरको समेत खोजतलास गरेको थियो । तर, उनले एयरपोर्टबाट त्यस्तो केही समान पनि आफूबस्ने कोठामा लगेका थिएनन् । एयरपोर्टको प्रशासन विभागले उनलाई सिसिटीभीमा यात्रुको लगेज खोलेर आँप निकालिरहेको अवस्थामा भेटेको थियो ।

वि.सं.२०७६ असोज ७ मंगलवार १४:५० मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...