back
CTIZAN AD

सकियो काँग्रेसको दोस्रो चरणको जागरण अभियान, पार्टीको नीतिअनुसार चल्न निर्देशन

वि.सं.२०७६ असोज ७ मंगलवार

849 

shares

७ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन सकेमा पार्टीभित्र देखिने गुटबन्दीको अन्त्य हुने दाबी गरे ।

उनले पार्टीको जागरण अभियानलाई आफ्नो गाउँ ठाउँमा आगामी दिनमा पनि चलाउन निर्देशन दिए । जनताका अधिकारका लागि देशमा भएका हरेक राजनीतिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले जनअधिकार, विकास र समृद्धिका लागि पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

संविधानको भावनाविपरीत सरकारले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबारमा सीमित राखेको आरोप लगाउँदै उनले भने, “सङ्घीय प्रणालीको राज्य व्यवस्था छ, तर अहिलेको सरकार यो व्यवस्थामा विश्वास गर्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाए ।

कार्यक्रममा उसभापति निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै पार्टीको सदस्यता वितरण गरेका थिए । यसअघि स्थानीय ट्राफिक चोकबाट विभिन्न नाराका साथ शुरु भएको विरोध ¥याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।

काठमाडौँ :  नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकारले संविधानको भावना र मर्मविपरीत विधेयक ल्याएको बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँको आयोजनामा आज पार्टीले शुरु गरेको हिमाल, पहाड, तराई–मधेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन तथा ‘विरोधसभा’मा उनले गुठी विधेयक, मानव अधिकार विधेयक, आमसञ्चार विधेयकलगायत संविधानको भावना र मर्ममा ल्याइएको बताए ।

“सरकार जनताको भावनालाई सम्बोधन गर्नेभन्दा पनि विवाद सिर्जना गर्ने काममा लागिरहेको छ”, उनले भने । सरकारले ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार काण्ड, निर्मला काण्डका दोषीलाई कारवाही गर्न नसकेको उनको भनाइ थियो । पूर्वउपप्रधानमन्त्री श्रेष्ठले सरकारको ज्यादती र अन्यायका विरुद्ध नेपाली काङ्ग्रेसले सडकदेखि सदनसम्म आन्दोलन गर्ने बताए ।

काङ्ग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कानूनविपरीत गतिविधिमा वर्तमान सरकार लागेको बताए । “काङ्ग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधान जोगाउनका लागि आन्दोलन गर्नुपरेको हो”, उनले भने ।

काङ्ग्रेस काठमाडौँका पूर्वसभापति एवं सांसद भीमसेनदास प्रधानले जनतालाई भ्रम सिर्जना गरेर सरकारमा पुगेका कम्युनिष्टले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाए । पार्टीले जागरण अभियान सञ्चालन गर्दा कार्यकर्ताभन्दा पनि नेताहरुमा चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

काठमाडौँ काङ्ग्रेसका सभापति सबुज बानियाले संविधानको उपलब्धिलाई संस्थागत गर्न आन्दोलन गरिएको बताए । जागरण अभियानसँगै पार्टीलाई ऊर्जा मिलेको उनको भनाइ थियो । प्रदेशसभा सदस्य राधा घलेले वर्तमान सरकारले गरेका कामकारवाही हेर्दा सरकारविरुद्ध उत्रनुपर्ने बेला आएको उल्लेख गरे ।

नेपालगञ्ज :  नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यताबाट भड्किँदै गएको बताएकी छन् । बाँके काङ्ग्रेसले आज नेपालगञ्जमा गरेको जनजागरण अभियान समापनका अवसरमा उनले मुलुकको लोकतान्त्रिक पद्धतिमाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने काङ्ग्रेसका कार्यकर्ताले ज्यानको आहुति दिएर पनि त्यसलाई जोगाउने छन् भनिन् ।

बाँके काङ्ग्रेसका सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वजिल्ला सभापति युवराज शर्मा, विद्यार्थी नेता पूर्ण आचार्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदीप नरसिंह राणालगायतले बोलेका थिए ।

यसअघि नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । गाउँगाउँबाट आएका काङ्ग्रेस कार्यकर्ताले नाराबाजी गर्दै प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।

वि.सं.२०७६ असोज ७ मंगलवार २०:५४ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...