back
CTIZAN AD

दशैँको मुखमा चामल अभाव हुने !

वि.सं.२०७६ असोज ७ मंगलवार

753 

shares

७ असोज । गत आर्थिक वर्षमा आइपुग्नुपर्ने खाद्यान्न काठमाडौँ हुँदै सदरमुकाम सिमकोटमा सोमबार मात्र पुगेको छ । हुम्लाको दक्षिणी भेगका लागि भने खाद्यान्न ढुवानीको सम्झौता भर्खर भएको छ ।

चालू आवमा नेपाल खाद्य संस्थानले बोलपत्र आह्वान ढिलो गरेका कारण यस वर्षको दशैँमा जिल्लाको तल्लो भेगमा खाद्यान्न ढुवानी गर्न ढिलाइ हुने भएको छ । असार अन्तिम सातादेखि श्रीनगर डिपो रित्तो भएको छ । सो कार्यालयमा सहयोगीसहित तीन कर्मचारी कार्यरत छन् । डिपोका प्रमुख दिवाकर वली दशैँसम्म चामल ढुवानी गर्न नसकिने बताउँछन । “ठेक्का प्रक्रिया ढिला भएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो”, उनले भने ।

श्रीनगर डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न तीन जनाले ठेक्का लिने भएका छन् । चामल ढुवानी गर्न लोकेन्द्र भण्डारी, दुर्गाबहादुर बुढा र नन्द महतराले ठेक्का लिएको डिपो प्रमुख वलीले बताए । सुर्खेत, बाजुराको मार्तडी र कैलालीको धनगढीबाट चालम ढुवानी गरिनेछ । ढुवानी प्रक्रिया ढिलो भएका कारण दशैँमा चामल पु¥याउन नसकिने ठेकेदार भण्डारीले बताए । उनले दशैँ बिदाका कारण चामल ढुवानी गर्न समय लाग्ने बताए ।

केही समयअघि केरुङ नाका हुँदै हिल्सासम्म पाँच हजार पाँच सय क्विन्टल चामल ढुवानी गरिएको थियो । सिमकोट खाद्य संस्थानका लागि ल्याइएको चार हजार क्विन्टल चामल सलिसल्लासम्म ढुवानी गरिएको छ । एक हजार पाँच सय क्विन्टल चामल भने बिक्री वितरण गरिएको नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्टले बताए । सलिसल्लामा रहेको खाद्यान्न सिमकोट खाद्य संस्थानसम्म ढुवानी गरिँदैछ ।

सिमकोटमा दशैँमा चामल अभाव नहुने

सधैँ दशैँको समयमा चामल अभाव हुने सिमकोटमा यस वर्ष भने मौज्दात छ । गत वर्ष खाद्य संस्थानले यहाँ एउटा परिवारलाई तीन किलोका दरले चामल वितरण थियो । “यस वर्ष दशैँमा चामल अभाव हुँदैन”, संस्थानका शाखा प्रमुख विष्टले भने । सिमकोट शाखाबाट असोज १ गतेदेखि चामल वितरण गरिँदै आएको उनले बर्ता । काठमाडौँ केरुङ हुँदै हिल्सा पुगेको चामल सलिसल्लाबाट सिमकोट ढुवानी गर्न लागिएको हो ।

(दाने बोहरा सिमकोट, रासस)

वि.सं.२०७६ असोज ७ मंगलवार २१:२४ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...