८ असोज, काठमाण्डौं । विभिन्न संचारमाध्यममा प्लाष्टिकको चामल (साथै पिठोको प्लाष्टिकको मिसावट एवं अण्डा) बजारमा रहेको भन्ने खबर भ्रामक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि उपभोक्तलाई अनुरोध गरेको छ ।
यस सम्बन्धमा उपभोक्तमा भ्रम सिर्जना भएको पाइएकोले विभाग अन्तर्गतका खाद्य प्रयोगशालाहरुले गरेको परीक्षणमा समेत त्यस्तो नपाइएकोले त्यस्ता तथ्यहिन भ्रामक हल्लाको पछि नलाग्न पनि विभागले अनुरोध गरेको छ ।

वि.सं.२०७६ असोज ८ बुधवार ०९:३३ मा प्रकाशित




























