८असोज, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारीक रुपमै भाइचार सम्बन्ध कायम भएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पुर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीमा हस्ताक्षर गरेका हुन्
काण्माण्र्डौ होटल म्यारिअटमा भएको छलफलपछि दुई पार्टी बीच औपचारिक सम्बन्ध स्थापित भएको हो । बुधारको राजधानी दैनिकबाट ।
वि.सं.२०७६ असोज ८ बुधवार ०९:२० मा प्रकाशित



























