८ असोज, काडमाडौँ । प्रगतिसील साहित्यकार बिष्णु भण्डारीको सुनौलो पहाड नामक उपन्यास हालै एक कार्यक्रमका विच सार्वजनिक गरीएको छ ।
नेपाली साहित्यमा चासो राख्ने पाठकका लागी साहित्य वजारमा नयाँ पुष्तक आएको छ ।
मण्डला थिएटरमा आयोजित लोकार्पण कार्यक्रममा नेकपाका नेता राम कार्किले उक्त पुष्तक सार्वजनिक गरेका हुन । पुष्तकमा माओवादी ससस्त्र द्धन्द र त्यसका विविध बाछिटाहरुको चिरफार गर्ने प्रयत्न गरेका छन ।
नेकपा भित्र बौद्धिक नेताको छवि बनाएका कार्किले उपन्यास हिजोका माओबादिले पढ्नैे पर्ने र अरुका लागी पनी उत्तिकै रुचिकर रहने बताए । उपन्यास पौेराणीक मिथकमा आधारीत रहेपनी नयाँ स्वाद सहित आएको कार्किले बताए ।
वि.सं.२०७६ असोज ८ बुधवार १२:३२ मा प्रकाशित
























