असोज ८, काठमाडौँ । सिंगापुर टि–२० त्रिकोणत्मक श्रृखलाको पहिलो खेल नेपाल र जिम्बावे बिच हुन गइरहेको छ । खेल सिंगापुरको भारतिय संघ मैदान (Indain Association Ground) मा हुने छ । त्रिकोणत्मक श्रृखलामा नेपाल, जिम्बावे र सिंगापुरले भाग लिने छन् । प्रत्यक टिमले ४ खेल खेल्नेछन् ।
नेपालले टेस्ट राष्ट्र जिम्बावे विरुद्ध पहिलो खेल खेलदैँ श्रृखलाको सुरुवात गर्ने छ । यस श्रृखलाका लागि कप्तान पारस खड्का र नेपालका मुख्य प्रशिक्षक उमेश पटवाले असोज २ गते आफ्नो १५ खेलाडीको नाम सार्वजानिक गरेको थिए । त्यसमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन् । इम्क्ष् का उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवकर र वसन्त रेग्मी १५ खेलाडीको सुचिमा पर्न सकेन्न् ।
नेपालको कप्तानी पारस खड्काले सम्हाल्ने छन् । कप्तान पारस खड्का र नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले युवा टिमबाट राम्रो प्रर्दशनको अपेक्षा राखेका छन् । जिम्बावेका लागि टि–२० मा सर्वाधिक रन बनाएका पूर्वकप्तान हामिल्टन माजाकाड्जाले अधिल्लो साता अफगानिस्तान र बंगलादेशसगँको त्रिकोणत्मक श्रृखलाको अन्तिम खेलबाट सन्यास लिए पछि जिम्बावेको कप्तानी नयाँ कप्तान श्यान विलियम्सले सम्हाल्ने छन् ।
जिम्बावेले आफ्नो पछिल्ले त्रिकोणत्मक श्रृखलाको ४ खेलमा १ मात्र जित्न सफल भएको थियो । नेपालका लागि यो श्रृखला अवसर र चुनौती दुवैै हुनेछ ।
टेस्ट राष्ट्र विरुद्ध नेपालले दोस्रो चोटी टि–२० खेल्ने पाउने मौका पाएको छ । नेपालले विश्वकप टि–२० छनोटको ४ खेल खेल्दा २ खेलमा हार वेहोरेको कारणले विश्वकप छनोटबाटै बाहिरिनु परेको थियो । नेपालले त्यो विश्वकप टि–२० छनोटको पिडा बिर्सेर अघी बड्नु पर्ने छ ।
खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ५ः१५ बाट सुरु हुने छ ।
वि.सं.२०७६ असोज ८ बुधवार १२:२७ मा प्रकाशित























