१० असोज, काठमाण्डौं । ऐक्यबद्धता मासिककी सम्पादक मीना तिवारी शर्माले प्रेस काउन्सीलद्धारा पुरस्कार स्वरुप प्रदान गरिएको १५ हजार रुपैयाँ सोलिडारिटी ट्रष्टलाई हस्तान्तरण गरेकी छन् ।
शुक्रबार ऐक्यबद्धताको कार्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा शर्माले प्रेस काउन्सिलद्धारा प्रदान गरिएको युवा पत्रकारिता पुरस्कारबापतको १५ हजार रुपैयाँ ट्रष्टकी अध्यक्ष चन्द्रिका राना (चन्दा) लाई हस्तान्तरणा गरेकी हुन् ।

ट्रष्टको सल्लाहकार समेत रहेकी शर्माले ट्रष्टको आगामी कार्यकालको सफलताको कामना गर्दै उक्त रकम सामाजिक काममा खर्च गर्न अनुरोध गरेकी थिइन् ।
सोहि अवसरमा ट्रष्टकी अध्यक्ष रानाले शर्माको सह्रानिय कामको सम्मान गर्दै सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् ।

विदेशमा रहँदा विविध समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि आवाज उठाउँदै र सहयोग गर्दै आएको ट्रष्टले प्रत्येक वर्ष विदेशमा रहेर पनि नेपाल र नेपालीको सेवामा लागेका नेपालीहरुमध्ये एकजनालाई बेष्ट एनआरएन घोषणा समेत गर्दै आएको छ । साथै नेपालमा पनि प्रकृतिक प्रकोप तथा विपत्ति मात्र नभएर स्वास्थ्य, शिक्षा लगायतका सामाजिक काममा लाग्दै आएको छ ।
वि.सं.२०७६ असोज १० शुक्रवार १३:३० मा प्रकाशित
























