back
CTIZAN AD

दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

वि.सं.२०७६ असोज १० शुक्रवार

804 

shares

१० असोज, काभ्रे । पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ ।
नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताए । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमीनको खोजीमा छौँ”, नगरप्रमुख खरेलले भने । पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

उहाँ विसं २०४९ र २०५४ मा नेकपा (एमाले) का तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । नगप्रमुख खरेलले नगरका अगुवालाई सालिक निर्माणार्थ उपयुक्त स्थान पहिचान गर्न आग्रहसमेत गरेका छन् । उनका अनुसार बानियाँको स्मृतिमा चौतारो तथा सापकोटाको सालिक निर्माण गर्न छुट्याइएको बजेटबाट एकै स्थानमा दुवैको सालिक बनाइने भएको हो ।

सापकोटालाई भने करीब २० वर्षअघि पाँचखाल गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले बेपत्ता बनाएको थियो । विसं २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रममा ‘सफाया’ गरेको घोषणा गरिएको थियो ।

सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय थिए । शहीद सापकोटाका पत्नी र दुई छोरी छन् । सापकोटाको पत्नी सरिताले सालिक निर्माणले आफूलाई अनाथ महसुस हुनबाट जोगाएको बताए ।
सापकोटा परिवारले ‘नेपालका शहीद’मा सूचीकृत गर्न माग गर्दै आएको छ । उनको सम्झानामा केही वर्षअघि उनकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ निर्माण गरिएको छ । (रासस)

वि.सं.२०७६ असोज १० शुक्रवार १७:५२ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...