असोज १०, काठमाडौँ । त्रिकोणत्मक श्रृखलाको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ ।
पहिले टस जितदैँ नेपालका कप्तान पारस खड्काले ब्याटिङ्ग रोजेका थिए । नेपालले राम्रो सुरुवात गर्न सकेन । नेपालका लागि टि–२० डेब्यु गरेका इशान पाण्डे ४ रनमै आउट हुदा नेपालको स्कोर ५ रन थियो । त्यसपछि नेपालले दोस्रो विकेट ३२ रनमा गुमाउन पुग्यो । आरिफ शेख ८ रनमा आउट भएका थिए ।
नेपालले तेस्रो विकेट ३८ रनमा गुमायो । पारस खड्का १८ रन बनाएर आउट भएका थिए । त्यसपछि नेपालका लागि डेब्यु गरेका अर्का खेलाडि कुशल मल्ल पनि २ रनमा आउट हुदा नेपालले चौथौँ विकेट गुमाउन पुग्यो ।
त्यसपछि उपकप्तान दिपेन्द्रसिंह ऐरी र सन्दीप जेराले नेपालको पारी अगाडी बडाए । जोरा १७ रन बनाएर आउट हुदा नेपालको स्कोर ८९ रन थियो । दिपेन्द्रसिंह ऐरी ४० रनमा आउट हुदा नेपालले ९५ रन बनाएको थियो ।
त्यसपछि सोमपाल कामीले विस्फोटक ब्याटिङ्ग गर्दै नेपाललाई २० ओभरमा १३२ रनमा पुराए । सोमपालले १४ बल खेल्दै २५ रन बनाएका थिए जसमा ३ छक्का पनि सामिल थियो ।
जिम्बावले १३३ रनको लक्ष्य पछ्याउदै गर्दा आफ्नो पहिलो विकेट १९ रनमा गुमाएको थियो । सन्दीपले पहिलो सफलता दिलाएका थिए । जिम्बावेले दोस्रो विकेट २७ रनमा गुमायो । फेरी पनि सन्दीपलेनै नेपाललाई सफलता दिलाएका थिए । सन्दीपले त्यही ओभरको चौथो बलमा अर्को विकेट लिदा जिम्बाले २८ रनमा ३ विकेट गुमायो ।
जिम्बावेले चौथो विकेट ३७ रनमा रनआउट रुपमा गुमायो । जिम्बावेले पाँचौ विकेट ६४ रनमा गुमायो । पारस खड्काले नेपाललाई सफलता दिलाएका थिए । नेपालका लागि सबै भन्दा सफल बलर सन्दीप बने । उनले ४ ओभर गर्दै १५ रन दिएर ३ विकेट लिए ।
नेपालले दिएको १३३ रनको लक्ष्य जिम्बावेले ५ विकेटको क्षतिमा १८.१ ओभरमै पुरा गरेको थियो ।
वि.सं.२०७६ असोज १० शुक्रवार २०:३१ मा प्रकाशित























