back
CTIZAN AD

पारसको सतकमा नेपालको जित

वि.सं.२०७६ असोज ११ शनिवार

744 

shares

असोज ११ काठमाडौँ । त्रिकोणत्मक श्रृखलामा नेपालले सिंगापुर विरुद्ध ९ विकेटले जित निकाल्न सफल भएको छ । पहिले सिंगापुरले टस जितेर ब्याटिङ्ग रोजेको थियो ।

 

सिंगापुरले आफ्नो पहिलो विकेट २२ रनमा गुमाएको थियो । करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । सिंगापुरले दोस्रो विकेट ५७ रनमा गुमायो । सिंगापुरले तेस्रो विकेट १०२ रनमा गुमाएको थियो । सिंगापुरले २० ओभरमा ३ विकेटको क्षतिमा १५४ रन बनाएर नेपालको लागि १५५ रनको लक्ष्य दिएको थियो । नेपालका लागि करण केसीले २ विकेट र शुसान भारीले १ विकेट लिएका थिए ।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट ९ रनमा गुमाएको थियो । इशान पाण्डे ५ रन बनाएर आउट भएका थिए । त्यसपछि पारस खड्का र आरिफ सेखले नेपालको पारी समालेका थिए । नेपालले १५५ रनको लक्ष्य १६ ओभरमै पुरा गरेको थियो । नेपालका लागि आरिफले ३८ बल खेलदैँ ३९ रन बनाए ।

 

नेपालका कप्तान पारस खड्काले ५२ बल खेलदैँ १०६ रन बनाएर नटआउट रहदा नेपालले ९ विकेटले सिंगापुर विरुद्ध जित निकालेको छ । नेपालका लागि टि–२० मा पहिलो सतक बनाउने खेलाडि पारस खड्का बनेका छन् ।

वि.सं.२०७६ असोज ११ शनिवार २०:४१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...