back
CTIZAN AD

नेपाली संविधान दिवसको अवसरमा संगीतमय भयो ओमान

वि.सं.२०७६ असोज ११ शनिवार

684 

shares

११ असोज, काठमाण्डौं, ओमान । नेपालको संविधान तथा राष्ट्रिय दिवस ओमानमा भब्यताका साथ मनाईएको छ ।

ओमानी तथा नेपाली राष्ट्रिय गानसँगै सुरु गरिएको कार्यक्रममा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालबाट पानसमा दिप प्रज्वलित गर्दै ओमान सरकारका प्रतिनिधि तथा राजदूत ढकालद्धारा केक काटेर राष्ट्रिय दिवस तथा संविधान दिवस कार्यक्रमको सुरुवात गरिएको थियोे ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रचार गर्दै र सबै अन्तर्राष्ट्रिय समुदायलाई नेपाली मौलिकताको परिचय दिदै कार्यक्रम सन्चालन गरेकी थिईन्, नेपाल सुन्दरी २०१० कि विजेता सदिच्छा श्रेष्ठले ।

विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको उक्त अवसरमा बिहिवार साँझ ओमानको चर्चित पाँचतारे होटेल सेरेर्टनको सभाहलमा ओमान सरकारको परराष्ट्र बिभाग, विभिन्न देशका नियोग प्रमुख, अन्तर्राष्ट्रिय कुटनैतिक पाहुना, अन्तर्राष्ट्रिय समुदाय, उद्योगपति, व्यापारी, ओमानमा क्रियाशिल नेपाली संघसंथाका प्रतिनिधीहरु तथा ओमानका विभिन्न स्थानमा कार्यरत नेपाली जनसमुदायहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रमलाई बिशेष बनाउन नेपालबाट निम्त्याइएको सांगीतिक समुह सुरसुधा, ओमानका गायक गायिका तथा ओमानलाई आफ्नो कर्मथलो बनाए पनि आफ्नो कलाकारीतालाई निरन्तरता दिएका दाजुभाइ दिदिबहिनीहरुद्धारा नेपाली मौलिक बाजागाजाको कणप्रिय लोकधुनहरुको प्रस्तुति दिएका थिए ।

सो अवसरमार स्थानीय नेपाली कलाकारहरूले राष्ट्रिय दिवसलाई झनै संगितमय बनाएका थिए । साथै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने पहिरनमा सजिएका नेपाली दाजुभाइ दिदिबहिनीहरु जब संगितको धुनमा नेपाली पन झल्काउदै थिए यस्तो लागिरहेको थियो, नेपाली मोडलहरु अन्तर्राष्ट्रिय स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका छन् । जसकारण ओमानमा रहेका अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालप्रति मोह उत्पन्न गराउन सफल भएका थिए ।

कार्यक्रम सभाहलको ठिक अंगाडि नेपाली मौलिक समाग्रीहरु सजाईएको थियोे भने नेपाल भ्रमणवर्ष २०२० लाई प्रचार गर्ने नेपालका मनोरम दृश्यहरु नेपालको नक्सा र विभिन्न पर्यटकीय स्थानहरुका दृश्यलाई चारैतिर राखिएको थियोे ।

अन्तर्राष्ट्रिय समुदायलाई जब सदिच्छा श्रेष्ठले नेपाली खानाका बारेमा बताएकी थिईन् धेरैजसो पाहुनाको मुखमा पानी आएको भान हुन्थ्यो । सोहि अवसरमा एकजना युरोपेली पाहुनाले आगामी छुट्टीमा नेपालमै पुग्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

नेपालको वारेमा पहिला पहिला माउन्ट एभरेष्ट भएको एउटा भारतको राज्य भएको आफ्नो अनुभव सुनाउदै ओमान आएपछि मात्र नेपाल अलग्गै सार्भभौम सुन्दर र कहिल्यै पनि कसैको अधिनमा नरहेको देश रहेछ भन्ने बारेमा थाहा पाएको बताए ।

ओमानी नेपाली तथा अन्तर्राष्ट्रिय पत्रकार समेत उपस्थिति रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दै नेपाल–ओमानको सम्बन्ध, ओमान सरकारले नेपालमा लगानीका बिषयमा दिएको चासो, दुतावासका गतिविधि तथा ओमानमा क्रियाशील रहेका संघसंस्था तथा नेपाली समुदायसँगको निभाउन सकेको सम्बन्ध वारे अवगत गराउदैं राजदूत पराजुली ढकालद्धारा सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

यसै क्रममा शुक्रबारका दिन धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरुको बिदाहुने भएको र नेपाली संगीतलाई बिश्व समुदायमाझ पुर्याउने उद्धेश्यले सुरशुधाको उपस्थितिलाई अझ आकर्षक बनाउन राजदुत निवासको हलमा सांगीतिक कार्यक्रम नेपाली साँझको आयोजना समेत गरिएको थियोे ।

जहाँ सुरशुधाले संगीतको भिन्न प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएको थियो । साथै ओमानी गायक गायिकाले नेपाली गीत र नेपाली गायिकाले ओमानी गीत गाएर सबैलाई मनोरन्जन गराएका थिए ।

राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा सबै नेपाली समुदायलाई समेट्नका लागि नेपाली साँझ सांगीतिक कार्यक्रम गरिएको हो । जहाँ केहि अन्तर्राष्ट्रिय पाहुनाहरु पनि रहेका थिए । जसले नेपाली राष्ट्रिय दिवसमा दिपावली समेत गरेका थिए । साथै शनिवार पनि नेपाली समुदायको उपस्थितिमा दूतावासमा दिपावली गरी नेपाली राष्ट्रिय दिवस तथा संविधान दिवस मनाईएको थियो ।

यसपालीका कार्यक्रमहरुले ओमानमा मात्र नभएर अन्तराष्ट्रिय समुदायवीच नेपाललाई चिनाउन सफल भएको थियो ।

वि.सं.२०७६ असोज ११ शनिवार १८:०१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...