back
CTIZAN AD

क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित

वि.सं.२०७६ असोज १२ आइतवार

801 

shares

१२ असोज, काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गरेका हुन् ।

शनिबार राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाण्डेले १५ मत पाएका थिए । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यमा समेत चन्द समूहका उम्मेदवार विजयी भएका छन् । क्यान उपाध्यक्षमा राजबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ तथा उनका प्रतिद्वन्द्वी मिङ्मा डण्डू शेर्पाले १७ मत पाए । सचिवमा प्याकुरेलले ४३ मत पाएका थिए भने उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत प्राप्त गरे । कोषाध्यक्षमा सिंहले ४५ मत प्राप्त गर्नुभयो भने उपेन्द्र भट्टराईले १२ मत पाएका थिए ।

यस्तै केन्द्रीय सदस्यमा प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ बाट अमितवीर पाण्डे निर्वाचित भएका छन् । खुलातर्फ केन्द्रीय सदस्यमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र करन महोत्रा क्षेत्री निर्वाचित भएका छन् । यसअघि आजै केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तविक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित भएका थिए ।

नयाँ कमिटीको आगामी बैठकले क्यानमाथि आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा गरी नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास गरिएको छ।

वि.सं.२०७६ असोज १२ आइतवार ०७:५४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...