१२ असोज, अमेरिका । अमेरिकाको लुजियाना युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको सवारीले ठक्कर दिँदा ज्यान गएको छ ।
अमेरिकाको लुजियाना युनिभर्सिटीमा सिभिल इन्जिनियर अध्ययनरत सिन्धुपाल्चोक घर भै हाल काठमाडौँ बसोबास गर्दै आएका २६ वर्षीय बिनोद नेपालको बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको थियो । २३ सेप्टेम्बरका दिन सवारीले ठक्कर दिएपछि आवर लेडी अफ दि लेक रिजनल मेडिकल सेन्टर ब्याटोन रगमा उपचारको लागि भर्ना गरिएको थियो ।
दुर्भाग्यवस सेप्टेम्बर २६ का दिन उपचारकै क्रममा उनको निधन भएको हो । उनी उक्त बिश्व बिद्यालयमा नेपाली बिधार्थी संघका जनसम्पर्क अधिकारी पनि रहेका थिए ।
नेपालको अन्तिम दाहसंस्कार गर्नु पर्ने भएकोले खर्च जुटाउन गो फण्ड समेत खोलिएको छ ।
लुजीयाना स्टेट युनिभर्सिटीका नेपाली बिधार्थी संघका सभापति राजन ढकालले संघको तर्फबाट गो फन्ड खोलेका छन् भने धमाधम रकम दिने क्रम जारी छ । उनले यस घटनाले मर्माहत भएका परिवारमा समवेदना समेत प्रकट गरेका छन् ।
त्यस्तै अमेरिकाको नेप्लिज एसोसिएसन इन साउथ अमेरिका नासाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठले समेत संस्थाको तर्फबाट एक छापा बिज्ञप्ति निकाली समबेदनाको साथै सहयोग गर्न आब्हान समेत गरेका छन् ।
गो फन्ड मा ५० हजार डलर लक्ष्य राखिएको छ भने अहिले समाचार बनाउने क्रमसम्म १४ हजार बढी डलर संकलन भै सकेको छ ।
पछिल्लो क्रममा अमेरिकामा सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । यो महिनामा मात्र सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।
वि.सं.२०७६ असोज १२ आइतवार ०७:५२ मा प्रकाशित

























