१२ असोज, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन संथान डीनको कार्यालय, परीक्षा शाखा बल्खुले फारम भर्ने सम्बन्धी जरुरी सूचना जारी गरेको छ ।
सेमेस्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्युटर विज्ञान तथा सूचना प्रबिधि (B.S.C CSIT) विषय तेश्रो वर्ष छैंठौं शत्र–२०७३ समूहको परीक्षा आवेदन फारमका लागि त्रिविले उक्त सूचना जारी गरेको हो ।
‘त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन संथान डीनको कार्यालय, परीक्षा शाखा बल्खुद्धारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७६ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि(B.S.C CSIT) विषय तेश्रो वर्ष छैंठौं शत्र–२०७३ समूहको नियमित तथा सोहि शत्रको सो भन्दा अगाडिको समूहको आशिंक परीक्षा आवेदन फारम २०७६ साल कात्र्तिक २१ गते सम्ममा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ,’ उक्त सूचनामा भनिएको छ, ‘सम्बन्धीत क्याम्पस,÷कलेजहरुले फारमहरु रुजु गरी २०७६ साल कात्तिक २५ गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
विस्तुत जानकारीका लागि कार्यालयको www.tuiost.edu.np बाट पनि हेर्न सकिनेछ ।

वि.सं.२०७६ असोज १२ आइतवार ०९:१८ मा प्रकाशित




























