back
CTIZAN AD

विधुतकर्मी साहित्यिक समाजद्वारा शुभकामना आदानप्रदान तथा गजल मुशायरा कार्यक्रम सम्पन्न

वि.सं.२०७६ असोज १२ आइतवार

1.1K 

shares

१२ असोज, काठमाडौँ । नेपाल विधुत प्राधिकरण विधुतकर्मी साहित्यिक समाजले नेपालीहरुको घर आँगनमा आउँदै गरेका शारदीय चाडपर्वहरुका लागि शुभकामना आदान प्रदान गर्ने तथा कर्मचारीहरुको सृजनशीलता समेत प्रवद्र्धन गर्ने हेतुले शुक्रबार शुभकामना आदानप्रदान तथा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

वरिष्ठ गजलकार ललिजन रावलको प्रमुख आतिथ्यतामा नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालय, दरवारमार्ग, काठमाडौको सभाकक्षमा सन्चालन भएको उक्त कार्यक्रममा आयोजक संस्था भित्र र बाहिरका गरी करिब डेढ दर्जन स्रस्टाहरुले गजल गायन एवम वाचन गरेका थिए ।

उक्त क्रार्यक्रममा स्वागत मन्तव्य राख्दै विधुतकर्मी साहित्यिक समाजका कार्यसमिति सदस्य एवम अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’ ले गजल कविता विधाको भावात्मक, रागात्मक र प्रहारात्मक सामथ्र्ययुक्त भेद भएकोले यसले लघु संरचना मार्फत सघन मानवीय सम्वेदनालाई उजागर गर्नसक्ने बताएका थिए । प्राधिकरणकै ईतिहासमा पहिलो पटक आयोजना गरिएको उक्त गजल मुशायरा कार्यक्रममा नाटककार, कवि एवम गजलकार पुरु लम्साल, कवि एवम गजलकार नारायण निराशी, साहित्य सुधा कार्यक्रमकी सन्चालिका एवम गजलकार कल्पना काफ्ले, गजलकार भोला तिमल्सिना लगायत प्राधिकरण बाहिरका स्रस्टाहरुले आआफ्नो गजल वाचन तथा गायन गरेका थिए ।

आयोजक संस्था नेपाल विध्युत प्राधिकरणको तर्फबाट गजल स्रस्टाहरु शिशिर थापा, सागर ज्ञवाली, ध्रुवराज न्यौपाने, शारदादेवी भट्टराई , प्रकाश आचार्य, लक्ष्मण मण्डल, कृष्णदेव रिमाल, यादवराज घले लगायतले गजल वाचन गरेका थिए भने ने.वि.प्रा.बाट सेवा निवृत्त भएका पूर्व उप कार्यकारी निर्देशक एवम गीतकार विरेन्द्र पाठक, पूर्व निर्देशक एवम गायक जुजुकाजी रन्जितले मीठो स्वर लहरीमा गजल गायन गरेका थिए ।

विशेष अतिथिका रुपमा आमन्त्रित कवि एवम गजलकार प्रभाती किरणले गजलको उपकरण र यसको प्राविधिक संरचनामाथि सङ्क्षिप्त प्रकाश पार्दै सिकारु स्रस्टाहरुलाई गजल लेखनका लागि हौसला प्रदान गर्नुका साथै आफ्नो गजल वाचन गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल विध्युत प्राधिकरणका प्रशासन निर्देशनालयका प्रमुख तुलाराम गिरीले मानसिक र बौद्धिक स्फुर्ति अभिवृद्धिका माध्यमबाट सङ्गठनको उत्पादकत्व बढाउन सकिने भएकोले ध्यान, योग र साहित्यिक कार्यक्रमहरुलाई स्थानीय कार्यालयमा कार्यरत कर्मचारीहरुसम्म बिस्तार गर्ने लक्ष्य रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुुख अतिथि रावलले गजलको प्रस्तुतीकरण शिल्प र यसले समाजमा पार्दै आएको प्रभावको समीक्षा गर्दै बहरबद्ध गजल प्राविधिक विषय भएकोले सबैले यसमा अभ्यास गर्न नसके तापनि प्रत्येक शेरहरुमा कम्तीमा उच्चार्य अक्षरहरु बिच एकरुपता रहने र गायनमैत्री हुने गरी गजल रचना हुनुपर्ने भन्दै गजलको रचनाविधानका बारेमा आफ्नो धारणा राखेका थिए ।

विधुतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्वमा सन्चालित उक्त कार्यक्रमलाई सोही समाजकी कोषाध्यक्ष शारदा पराजुलीले सहजीकरण गरेकी थिइन् । यसअघि मूलत: कविता विधामा नै केन्द्रित भई साहित्यिक गतिविधि सन्चालन गर्दै आएको नेपाल विधुत प्राधिकरणले साहित्यका सबै विधाहरुलाई समानान्तर रुपमा अगाडि बढाउने तथा साहित्यलाई कार्यसम्पादनस्तर सुधार गर्ने साधनका रुपमा समेत विकास गर्ने उद्देश्य लिई विविध साहित्यिक गतिविधिहरु संचालन गर्दै आएको देखिन्छ ।

वि.सं.२०७६ असोज १२ आइतवार ०९:२१ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...