back
CTIZAN AD

विदेशबाट फर्किएर सामूहिक फूलखेती

वि.सं.२०७६ असोज १२ आइतवार

828 

shares

१२ असोज, दमौली । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका हुन् ।

उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका छन् । पहिलो चरणमा छ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताए । “विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियांै, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौँ,” उनले भने ।

वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालीम लिएपछि काम गर्ने हौसला मिलेको उनको भनाइ छ । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताए ।

नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट वर्षेनी फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठले जानकारी दिए । “नगरपालिकामा बाहिरबाट फूल ल्याउन नपरोस् भनेर फूलखेती गरेका हौँ,” उनले भने, “विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा खेती गर्ने लक्ष्य राखेका छौं ।”

सामूहिक फूलखेतीमा लागेका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताए । युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।

पहिलो चरणमा तिहारलाई लक्षित गरी रु एक लाखको लगानीमा फूलखेती शुरु गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उनले जानकारी दिए । चितवनबाट रु ६० हजारमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ । “अर्को वर्षदेखि आफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं,” उनले भने ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग रहने बताए । “फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने वर्षेनी ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ,” रेग्मीले भने । (रासस)

वि.सं.२०७६ असोज १२ आइतवार ०९:२७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...