back

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु: प्रधानमन्त्री

वि.सं.२०७३ मंसिर १३ सोमवार

417 

shares
GLOBAL IME AD
NTC AD

prachanda-announcing-the-100-days१३ मङ्सिर,बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताउनुभएको छ ।

आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उहाँले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ भन्नुभयो ।

नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।”

प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताउनुभयो ।

भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिँदै हरेक चुनौतीको सामना गर्न आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् ।

उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् ।

समारोहमा काठमाडौँ विश्वविद्यालयले चान्सलर स्वर्णपदक स्कुल अफ इन्जिनियरिङका लेखनाथ दाहाल (सिजिपिए ३.९८, मास्टर इन ल्यान्ड एडमिनिस्ट्रेसन) लाई, भाइस चान्सलर स्वर्णपदक स्कुल अफ आर्टस्का गोपाल त्रिताल (सिजिपिए ३.९९३, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज) लाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका नीरज घिमिरे (सिजिपिए ३.८५, एमबिए) लाई र रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै रजनी महर्जन (सिजिपिए ३.८०, एमबिए) लाई प्रदान गरिएको थियो ।

हालसम्म यस विश्वविद्यालयबाट स्कुल अफ साइन्सबाट दुई हजार ३४६ जना, स्कुल अफ इन्जिनियरिङबाट दुई हजार ६६४ जना, स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ५१५, स्कुल अफ एजुकेसनबाट ९०४, स्कुल अफ आर्टस्बाट एक हजार ८६४ र स्कुल अफ मेडिकल साइन्सेजबाट ११ हजार ४७ गरी कुल २३ हजार ३४० जना दीक्षित भएका छन् । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार १०:५३ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...