back

कारागारबाट भागेका सिख लडाकू कमान्डर पुनः पक्राउ परे

वि.सं.२०७३ मंसिर १३ सोमवार

387 

shares
GLOBAL IME AD
NTC AD

१३ मङ्सिर,नयाँ दिल्ली  । प्रहरीको लुगामा आएका एक समूहले नाटकीय रूपमा कारागारबाट भगाएको एक दिनपछि एक सिख लडाकू कमान्डरलाई भारतीय प्रहरीले सोमबार राजधानी दिल्लीमा पुनः पक्राउ गरेको छ ।

सिख पृथकतावादी समूहका प्रमुख हर्मिन्दर सिंह मिन्टुलाई पञ्जावको उच्च सुरक्षायुक्त कारागारबाट करिब २०० किलोमिटर पर दिल्लीको बाहिरी भागमा पक्राउ गरिएको थियो । मिन्टुलाई आतङ्कवादको आरोपमा कारागारमा राखिएको थियो ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकारी ए.एस. चाहलले मिन्टुलाई दिल्लीमा बिहान पक्राउ गरिएको र पञ्जाव ल्याइने जानकारी दिए ।

मिन्टुसँगै भागेका अन्य चार अझै फरार रहेको चाहलले बताए । उनीहरूमाथि हत्याको आरोप लागेको थियो ।

खालिस्तान लिबरेसन फोर्सका नेता मिन्टु पञ्जावमा शिख राज्यका लागि कार्य गर्थे र निजलाई सन् २०१४ मा पक्राउ गरिएको हो ।

आइतबार प्रहरीको लुगामा आएका १० सशस्त्र व्यक्तिको समूहले मिन्टुलाई भगाएको हो । उनीहरूले एक सुरक्षाकर्मीमाथि धारिलो हतियार प्रयोग गरी बन्दी लिइ गाडीमा भाग्दा गोली चलाएका थिए ।

यस घटनामा तीन प्रहरी घाइते भएका थिए भने त्यसपछि उनीहरूको व्यापक खोजी भएको थियो ।

यसबीच कारागारको केही माइल पर एक गाडीलाई प्रहरीले एक चौकी अगाडि रोक्न खोज्दा नरोकी भाग्दा प्रहरीले चलाएको गोलीबाट एक महिलाको मृत्युभएको छ । यो घटना मिन्टुको भगाइसँग सम्बन्धित नभएको प्रहरीले जानकारी दिएको छ ।

मिन्टुका बारेमा जानकारी दिने व्यक्तिलाई २५ लाख दिने घोषणा भएको थियो । मिन्टु कारागारबाट भागेपछि कारागारका तीन प्रमुख अधिकारीलाई बर्खास्त गरिएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:५८ मा प्रकाशित

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार...

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

तेहरान ।  इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष...

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

टोकियो । जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक...