back
CTIZAN AD

कारागारबाट भागेका सिख लडाकू कमान्डर पुनः पक्राउ परे

वि.सं.२०७३ मंसिर १३ सोमवार

792 

shares

१३ मङ्सिर,नयाँ दिल्ली  । प्रहरीको लुगामा आएका एक समूहले नाटकीय रूपमा कारागारबाट भगाएको एक दिनपछि एक सिख लडाकू कमान्डरलाई भारतीय प्रहरीले सोमबार राजधानी दिल्लीमा पुनः पक्राउ गरेको छ ।

सिख पृथकतावादी समूहका प्रमुख हर्मिन्दर सिंह मिन्टुलाई पञ्जावको उच्च सुरक्षायुक्त कारागारबाट करिब २०० किलोमिटर पर दिल्लीको बाहिरी भागमा पक्राउ गरिएको थियो । मिन्टुलाई आतङ्कवादको आरोपमा कारागारमा राखिएको थियो ।

स्थानीय एक वरिष्ठ प्रहरी अधिकारी ए.एस. चाहलले मिन्टुलाई दिल्लीमा बिहान पक्राउ गरिएको र पञ्जाव ल्याइने जानकारी दिए ।

मिन्टुसँगै भागेका अन्य चार अझै फरार रहेको चाहलले बताए । उनीहरूमाथि हत्याको आरोप लागेको थियो ।

खालिस्तान लिबरेसन फोर्सका नेता मिन्टु पञ्जावमा शिख राज्यका लागि कार्य गर्थे र निजलाई सन् २०१४ मा पक्राउ गरिएको हो ।

आइतबार प्रहरीको लुगामा आएका १० सशस्त्र व्यक्तिको समूहले मिन्टुलाई भगाएको हो । उनीहरूले एक सुरक्षाकर्मीमाथि धारिलो हतियार प्रयोग गरी बन्दी लिइ गाडीमा भाग्दा गोली चलाएका थिए ।

यस घटनामा तीन प्रहरी घाइते भएका थिए भने त्यसपछि उनीहरूको व्यापक खोजी भएको थियो ।

यसबीच कारागारको केही माइल पर एक गाडीलाई प्रहरीले एक चौकी अगाडि रोक्न खोज्दा नरोकी भाग्दा प्रहरीले चलाएको गोलीबाट एक महिलाको मृत्युभएको छ । यो घटना मिन्टुको भगाइसँग सम्बन्धित नभएको प्रहरीले जानकारी दिएको छ ।

मिन्टुका बारेमा जानकारी दिने व्यक्तिलाई २५ लाख दिने घोषणा भएको थियो । मिन्टु कारागारबाट भागेपछि कारागारका तीन प्रमुख अधिकारीलाई बर्खास्त गरिएको थियो । रासस÷एएफपी

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:५८ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...