back

पोखरालाई खेलकुद नगरी बनाइने: मन्त्री श्रीपाइली

वि.सं.२०७३ मंसिर १४ मंगलवार

702 

shares
IME Limited
NTC AD

 १४ मङ्सिर,पोखरा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याव्सन० कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सुरु भएको एघाराँै नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उहाँले पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने जानकारी दिनुभयो ।

खेलकुदको विकासका लागि देशव्यापी रुपमा खेल अभियान सुरु गरिने र यसक्रममा १३ वर्षभन्दा मुनिका बालबालिकालाई खेलप्रति आकर्षित गर्न उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँले शैक्षिक पाठ्यक्रममा खेलकुदलाई पनि जोड्नुपर्नेमा जोड दिनुभयो ।

नेसनल प्याप्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जानुपर्ने धारणा राख्नुभयो । यही मङ्सिर १७ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । महोत्सवअन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेवलटेनिस खेल समावेश गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:४६ मा प्रकाशित

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

धवलशमशेर राणा अदालतमा उपस्थित भए

धवलशमशेर राणा अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा...