back
CTIZAN AD

पोखरालाई खेलकुद नगरी बनाइने: मन्त्री श्रीपाइली

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

 १४ मङ्सिर,पोखरा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९नेसनल प्याव्सन० कास्कीको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सुरु भएको एघाराँै नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उहाँले पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने जानकारी दिनुभयो ।

खेलकुदको विकासका लागि देशव्यापी रुपमा खेल अभियान सुरु गरिने र यसक्रममा १३ वर्षभन्दा मुनिका बालबालिकालाई खेलप्रति आकर्षित गर्न उपराष्ट्रपति कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँले शैक्षिक पाठ्यक्रममा खेलकुदलाई पनि जोड्नुपर्नेमा जोड दिनुभयो ।

नेसनल प्याप्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै जानुपर्ने धारणा राख्नुभयो । यही मङ्सिर १७ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । महोत्सवअन्तर्गत भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेवलटेनिस खेल समावेश गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:४६ मा प्रकाशित

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...