back
CTIZAN AD

संविधान कार्यान्वयनमा इमान्दार प्रयत्न भएन – नेता खरेल

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.1K 

shares

 agni-kharel

१४ मङ्सिर,भद्रपुर । नेकपा (एमाले)का नेता एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले संविधान कार्यान्वयनका लागि इमान्दार प्रयत्न नगरी संशोधनको कुरा मात्रै गरिरहेको बताउनुभएको छ ।

प्रेस क्लब भद्रपुरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले केही महत्वपूर्ण विषय बाहेक संविधानलाई अरु प्रावधानलाई संशोधन गर्न सकिने तर कार्यान्वयनमा नै नलगी संशोधन गर्न खोज्नु राष्ट्र हितको पक्षमा नभएको बताउनुभयो ।

नेता खरेलले राष्ट्रको महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई जान दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रादेशिक सीमा हेरफेर गर्ने विषय पनि राष्ट्र हितमा नभएको उहाँको भनाइ थियो । संविधानको इमान्दार कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:५२ मा प्रकाशित

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...