back

संविधान कार्यान्वयनमा इमान्दार प्रयत्न भएन – नेता खरेल

वि.सं.२०७३ मंसिर १४ मंगलवार

747 

shares
IME Limited
NTC AD

 agni-kharel

१४ मङ्सिर,भद्रपुर । नेकपा (एमाले)का नेता एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले संविधान कार्यान्वयनका लागि इमान्दार प्रयत्न नगरी संशोधनको कुरा मात्रै गरिरहेको बताउनुभएको छ ।

प्रेस क्लब भद्रपुरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले केही महत्वपूर्ण विषय बाहेक संविधानलाई अरु प्रावधानलाई संशोधन गर्न सकिने तर कार्यान्वयनमा नै नलगी संशोधन गर्न खोज्नु राष्ट्र हितको पक्षमा नभएको बताउनुभयो ।

नेता खरेलले राष्ट्रको महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई जान दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रादेशिक सीमा हेरफेर गर्ने विषय पनि राष्ट्र हितमा नभएको उहाँको भनाइ थियो । संविधानको इमान्दार कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १०:५२ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...