back
CTIZAN AD

पचासी प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्र्पर्कबाट

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.4K 

shares

aids

काठमाडौँ  । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताउनुभयो ।

यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रका निर्देशक डा पौडेल बताउनुभयो । उहाँले प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ एड्स रोगीको मृत्यु हुने गरेको बताउनुभयो ।

सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ ।

गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालले पनि विश्व एड्स दिवस मनाउन लागेको छ ।

निर्देशक डा पौडेलले एआइभीको सङ्क्रमण दर अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य तथा सङ्क्रमणको रोकथाम र उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन यो दिवस मनाइने बताउनुभयो । उहाँ उक्त दिन राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

एआइभीको निःशुल्क परीक्षणका लागि कोटेश्वर, एकान्तकुना, रत्नपार्क, कलङ्की, नयाँ बसपार्क र शिक्षण अस्पताल महाराजगन्जमा स्टल राखिने केन्द्रले जनाएको छ ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:२० मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...