back
CTIZAN AD

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

वि.सं.२०७६ कात्तिक १८ सोमवार

840 

shares

१८ कार्तिक , काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ गतेसम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्स्पोमा सहभागिता जनाउन लागेको हो ।

नाट्टाले आइतबार पत्रकार सम्मेलन गरी नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउन लागेको जानकारी दिएको हो ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले युरोपका मुलुकका पर्यटकलाई नेपालमा ल्याउन मेलाको सहभागिताले सहयोग पुग्ने बताउनुभयो । “सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन ग्रिस पर्यटन मेलाको सहभागिताले सहयोग पुग्नेछ”, उनले भने ।

मेलामा नेपालबाट आनन्द एडभेन्चर ट्रेक प्रालि, अपोइटमेन्ट नेपाल इन्टरनेशनल प्रालि, कोलम्बस ट्राभल्स एन्ड टुर्स प्रालि, कोइली टुर्स प्रालि, मकालु एडभेन्चर ट्राभल्स एन्ड टुर्स प्रालि, एमडी एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि, मिशन नेपाल होलिडेज, सयपत्री ट्राभल्स नेपाल प्रालि, स्वर्गद्वारी ट्राभल्स एन्ड टुर्स प्रालि र अन्लिज्ड नेपाल इन्टरनेशनल प्रालिको सहभागिता रहने नाट्टाले जनाएको छ ।

नाट्टाका महासचिव रमेश थापाले नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालले युरोपको पर्यटन मेलामा पहिलो पटक भाग लिन लागेको जानकारी दिए । “नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको एक्स्पोबाट नेपाली पर्यटनलाई युरोपेली बजारमा लैजान सहयोग पुग्नेछ”, उनले भने ।

नाट्टाले विगतका वर्षमा पनि विभिन्न देशको पर्यटन मेलामा सहभागिता जनाउँदै आए पनि युरोपमा भने पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव थापाले बताए ।

नेपाल पर्यटन बोर्डका अधिकृत सीताराम दाहालले यस्ता मेलाको सहभागिताले नेपालको पर्यटन उद्योगको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार १४:५४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...