back
CTIZAN AD

प्रदेश प्रमुख सिफारिसमा किन बने माधव पक्ष असन्तुष्ट ?

वि.सं.२०७६ कात्तिक १८ सोमवार

957 

shares

१८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी.नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको विषयलाई लिएर पार्टी भित्र असन्तुष्टि बढेको छ ।

नेकपाले सिफारिस गरेको प्रदेश प्रमुखको नाममा असहमती जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमती जनाएको नेकपाको एक उच्च स्रोतले बताएको छ । सिफारिस गरिएको प्रदेश प्रमुखमा दुई अध्यक्षका तर्फका नाम मात्र सिफारिस भएको भन्दै माधव पक्ष असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

प्रदेश प्रमुखका लागि सिफारिस भएकाहरुमा धर्मनाथ यादव, सोमनाथ अधिकारी प्यासी, विष्णु प्रसाईं र गोविन्द कलौनी अध्यक्ष केपी ओली पक्षको र अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठी पुष्पकमल दाहाल प्रचण्ड पक्षको रहेका छन् ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको थियो । जसमा प्रदेश १ बाट बिष्णु प्रसाइ, प्रदेश २ बाट धर्मनाथ शाह, प्रदेश ३ बाट अमिक शेरचन, गण्डकी प्रदेशबाट सोमनाथ प्यासी, ५ बाट तिलक परीयार, कर्णाली प्रदेशबाट शर्मिला त्रिपाठी र गोविन्द कलौनी सुदुरपश्चिम रहेका छन ।

प्रदेश प्रमुखहरु नियुक्ती नहुँदा सँवैधानीक अप्ठ्यारो हुने भएकोले सोमवार नै नियुक्ती गर्ने सरकारको तयारी रहेको छ । सोमवार नै बस्ने मन्त्रीपरीषद्को वैठकले पार्टीले सिफारीस गरेका नामहरुलाई अनुमोदन गरी राष्ट्रपति समक्ष नियुक्तीका लागि पठाइने बताइएको छ ।

वि.सं.२०७६ कात्तिक १८ सोमवार १४:५७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...