अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा १११ औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ । ज्याक्सन हाइटको थकाली भान्छाघरमा महाकवि लक्ष्मी प्रसाद देबकोटाको १११ औं जन्म जयन्ती बिभिन्न साहित्यकारहरुबाट कविता, गीत र गजल, बाचन गर्दै बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा अनेसासका आजिबन सदस्य, साहित्यनुरागी महानुभाव तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो ।
न्युयोर्क च्यापटरका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व, प्रमूख आतिथ्य क्वीन्स सर्बोच्च अदालतका पूर्ब न्यायधिस थोमस राफेल, बिशेष अतिथि अन्तराष्ट्रीय साहित्य समाजका पूर्ब केन्द्रीय अध्यक्ष साथै हाल बोर्ड अफ ट्रष्टीका अध्यक्ष साहित्यकार गीता खत्री साथै साहित्यकार रशीद मोहम्मदले गरेका थिए । यसैगरी बिशेष अतिथिहरु न्युयोर्क च्यापटरका पूर्ब अध्यक्षहरु साहित्यकार ज्योति पौडेल तथा बिकाश बिष्टको पनि उपस्थिति थियो।
प्रमुख अतिथि, थोमस राफेल ज्यु द्वारा पानसमा दीयो प्रज्वलन गरेर शुरू गरिएको कार्यक्रमको थालनिमा उपस्थित सम्पूर्ण सहभागीहरुबाट सामूहिक नेपाली राष्ट्रीय गान अमेरीकी राष्ट्रीय गान साथै प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट महाकवि लक्ष्मी प्रसाद देबकोटाको तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको थियो।
अन्तराष्ट्रीय साहित्य समाज न्युयोर्क च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवालीले सम्पूर्ण उपस्थित साहित्यकार तथा साहित्यअनुरागीहरूलाई स्वागत गर्दै स्वागत मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा च्यापटरका अध्यक्ष राजेन्द्र श्रेष्ठका साथै कोषाध्यक्ष जानुका वस्ती ढकालले च्याप्टरको अहिलेसम्म को आयब्यय, हिसाब किताब पनि पेश गरेकी थिइन् । च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवालीले च्याप्टरको दुई बर्षको कार्य बिबरण पनि पेश गरेकी थिइन भने देउसी भैलो र नाचगान, टीका सेलरोटी ग्रहण गर्न पाउँदा उपस्थित सम्पूर्ण सहभागीहरुको मुहारमा बिशेष खुसी झल्केको प्रष्ट देखिन्थ्यो।
कार्यक्रममा संस्थाका नब निर्बाचित पदाधिकारी ज्युहरुलाई निर्वाचन आयोगका प्रतिनिधिबाट सपथ ग्रहण पनि गराईएको थियो। अनेसास न्युयोर्क च्याप्टरका पूर्ब अध्यक्ष तथा हाल केन्द्रीय कोषाध्यक्ष बिकाश बिष्टले महाकवि लक्ष्मीप्रसाद देबकोटाको जीवनीको बारेमा प्रष्ट पारेका थिए ।
यसैगरी बिशेष अतिथि अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गिता खत्री, साहित्यकारहरु डा मधु माधुर्य, बद्री बिनोद प्रतिक, कमला प्रसाईं, धनिराम सापकोटा, राम क्षेत्री तथा रशीद मोहम्मदले आआफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा कार्यक्रमकै सबभन्दा कान्छा सहभागी केबिन शाह साथै आदरणीय स्रष्टाहरु शारदा क्षेत्री, रश्मी भट्ट, सृजना तुलाधर, नबराज खड्का, आनन्द श्रेष्ठ राजन महर्जन, डा गोविन्द कोईराला तथा लक्ष्मी श्रेष्ठले आ-आफ्नो रचना बाचन गरेका थिए । साहित्यकार आनन्द श्रेष्ठले गजल गाउँदा सम्पूर्ण माहौल नै गजलमय भएको थियो। महाकवि लक्ष्मी प्रसाद देबकोटा द्वारा रचित गीत गाएर कलाकार अभय ढुंगेलले माहौल नै संगीतमय बनाएका थिए ।
कार्यक्रम अनेसास न्युयोर्क च्याप्टरका महासचिब साहित्यकार राजन महर्जनले बडो सक्रिय तरीकाले निक्कै रमाईलो बाताबरणमा सन्चालन गरेका थिए । सभाका सभापति च्यापटरका पूर्ब अध्यक्ष राजेन्द्र श्रेष्ठले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार १५:१४ मा प्रकाशित





























