१८ कात्तिक, काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा माओवादीबाट तत्कालीन एमाओवादीमा फर्किएका नेता तिलक परियारलाई सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।
सोमबार बसेको बसेको नेकपा सचिवालय बैठकले परियारलाई प्रदेश ५ को प्रमुखमा नियुक्त गर्न सिफारीस गरेको हो ।
पूर्वसभासद् समेत रहेका परियार मोहन बैद्य नेतृत्वको माओवादी हुँदै विप्लवमा प्रवेश गरेर पुन : एमाओवादीमा फर्किएका थिए ।
जनयुद्धका नाम चलेका नेता परियार रोल्पामा जन्मिएका हुन् । पहिलो संविधानसभामा बाँके क्षेत्र नं १ का निर्वाचित सभासद् समेत रहेका परियार २०७३ जेठ ५ गते विप्लव परित्याग गरेर राम बहादुर थापा बादलसँगै तत्कालिन एमाओवादीमा फर्किएका थिए ।
वि.सं.२०७६ कात्तिक १८ सोमवार १५:२४ मा प्रकाशित






























