back
CTIZAN AD

बागलुङमा बाम गठबन्धनबाट विद्रोही उम्मेदवार

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

891 

shares

२० कात्तिक । बागलुङ २ (ख) को मंसिर, १४ उपनिर्वाचनका लागि वाम गठबन्धनबाट ‘बिद्रोह’ गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता गरेका छन् । घर्ती मगरको ढोरपाटन नगरपालिका २ का बौद्धिक वाम युवा नेता दधिराम अर्याल प्रस्तावक र निशीखोला गाउँपालिकाका दलित युवा रिम बहादुर विक समर्थक बसेका छन् ।

साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि उम्मेदवार थिए । उनले १४ सय बढि मत प्राप्त गरेका थिए । २०७४ मा तात्कालिन एमालेबाट सोही प्रदेशका लागि प्रस्तावित उम्मेदवार दधिराम माओवादी जनयुद्धमै सहभागी थिए । स्थानीय चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।

जनमोर्चासँग तालमेलपछि दधिरामलाई दबाब दिएर अन्तिम समयमा उम्मेदवारी फिर्ता लिन लगाइएको थियो । सालिन व्यक्ति, अंग्रेजी भाषामा दख्खल भएका दधिरामलाई पार्टी एकतापछि पार्टी सदस्यताबिहिन बनाइएको छ । उनको समर्थनमा लोकप्रिय मानिने शेरमानको उम्मेदवारी दर्ता हुनुले सबैको चासो बढेको छ ।

उम्मेदवारी फिर्ता लिने गरि दर्ता गर्नुभयो ? भन्ने जिज्ञासामा शेरमानले भने ‘दासताको विरुद्ध बिद्रोह हो । तमाम २ नम्बर क्षेत्र (ख)का उत्पीडित जनताको पक्षमा मेरो उम्मेदवारी हो । बिद्रोह रहरले हुँदैन, आवश्यकता हो । मेरो उम्मेदवारी कसैको दबाबमा फिर्ता हुँदैन ।’ शेरमान संघीयता, समावेशी, पहिचान आन्दोलन, पश्चिम बागलुङको पक्षधर आन्दोलन र अभियानमा क्रियाशील छन् ।

उजिर मगर

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:२९ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...