back
CTIZAN AD

प्रसूति गराउने महिला भत्ताबाट वञ्चित

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.2K 

shares

२५ कार्तिक, सिराहा । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको बजेट नआएपछि सुरक्षित प्रसूति गराउने महिला विगत चार महिनादेखि भत्ता पाउनबाट वञ्चित भएका छन् ।
सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पताल सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात भत्ताबापत रु एक हजार र गर्भवती अवस्थामा तोकिएको अनुसार चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनेलाई थप रु ८०० प्रोत्साहन भत्ता लिने व्यवस्था गरेको छ । तर, समयमा कार्यक्रमको बजेट नआएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने महिला गत साउन महिनायता भत्ता पाउन नसकेको महिलाले बताएका छन् ।

गत भदौ ५ गतेदेखि अस्पतालमा छोरा पाए, त्यसको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज भए पनि सुत्केरी भत्ता अझै पाउन नसकेको सिरहाको लहान नगरपालिका–५ की सरिता साहले बताउनुभयो । डिस्चार्ज भएकै बेलामा भत्ता दिने व्यवस्था रहे पनि तीन महिनासम्म सो भत्ता पाउन नसकेको उनको गुनासो छ ।

अस्पतालमा बाँकी रहेको सुत्केरी भत्ता लिन कहिले श्रीमान्लाई त, कहिले ससुरालाई अस्पताल पठाउने गरे पनि बजेट नआएको भन्दै फर्काउने गरिएको उनले बताईन । अस्पतालमा दैनिक १०÷१५ गर्भवती महिला प्रसूति गराउन आउने गरेका छन् । विगत चार÷पाँच वर्षदेखि अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा हाल तीन अनमी, एक ल्याब एसिस्टेन्ट र एक सहलेखापाल कार्यरत छन् तर, कार्यक्रमको बजेट नआउँदा विगत चार महिनादेखि उनिहरुले तलब खान नपाएको गुनासो गरेका छन् ।

चालू आर्थिक वर्ष ०७६÷०७७ को साउन महिनायता बजेटसँगै कार्यक्रम सञ्चालनबारे कुनै निर्देशन नआएका कारण पाँचै जना कर्मचारी साउनदेखि हालसम्म तलब पाउन नपाएको गुनासो गरेका छन् । अस्पतालमा नियमित काम गर्दै आए पनि विगत चार महिनादेखि तलब नपाउँदा हातमुख जोड्नसमेत समस्या भइरहेको अनमीहरु बताउँछन् ।

विसं २०३५ मा स्थापित सो अस्पतालमा हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अभाव भइरहेका बेला आमा सुरक्षा कार्यक्रमअन्तर्गत करारमा नियुक्त गरिएका अनमी र कर्मचारीले जसोतसो अस्पतालमा सेवा पु¥याउँदै आएको छ ।

यस्तै यस वर्ष समयमा आमा सुरक्षा कार्यक्रम सञ्चालनबारे ठोस परिपत्र र बजेट नआएपछि प्रसूति गराउने महिलालाई भत्ता र कर्मचारीलाई तलब खुवाउन नसकिएको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताए । उनले भने, “कार्यक्रम सञ्चालन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म न त स्वास्थ्य विभागबाट निर्देशन आएको छ, न त प्रदेश नं. २ सरकारबाटै कुनै निर्देशन आएको छैन, जसका कारण कार्यक्रमबारे अन्यौलता बढेको छ ।”

बजेट नआएका कारण प्रसूति गराएकाले भत्ताका लागि दैनिक अस्पतालमा आएर झगडा गर्ने गरेको मेसु डा कुशवाहाको गुनासो छ । शुरुमा स्वास्थ्य विभागबाट आमा सुरक्षा कार्यक्रमको बजेट आउने गरेकोमा पछिल्लो दुई वर्ष लहान नगरपालिकाबाट आएको थियो तर, यस वर्ष अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि यो कार्यक्रमको विषयमा हालसम्म कुनै निर्देशन नआएको मेसु डा कुशवाहाले बताए । (रासस)

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १७:०३ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...