back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् विदेशी प्राविधिकसहित नारायणीमा चल्न लागेको क्रुजसीप

वि.सं.२०७६ कात्तिक २७ बुधवार

1.1K 

shares

२७ कात्तिक, चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप( मिनी पानीजहाज) को परीक्षणयात्रा ९टेष्ट ड्राइभ० यही महिनामा गरिने भएको छ ।

नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी रहेको छ । इञ्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको छ ।

शौचालयलगायतका अन्य निर्माणका काम पनि सम्पन्न भएको छ । विदेशी प्राविधिक टोली आउँदै गरेको भन्दै उनले यही महिनाको अन्त्यसम्ममा परीक्षणयात्रा गरी नोभेम्बरभित्र व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरेको बताए । क्रुजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई निमन्त्रणा गरिने पनि उनले बताए ।

प्रबन्ध निर्देशक कँडेलका अनुसार, क्रुजको भुइँतलामा ९०, पहिलो तलामा १०० जना बस्न मिल्ने सिट रहनेछन् । पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।

क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए । प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुजसीपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए ।

क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात नर्वे्जियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।

क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउकोको आकृति हुनेछ । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च हुने जनाइएको छ । रासस

फाइल:फोटो

वि.सं.२०७६ कात्तिक २७ बुधवार १५:०७ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...