back
CTIZAN AD

रुपामा बङ्गलादेशका राष्ट्रपति हमिदको स्वागतको तयारी

वि.सं.२०७६ कात्तिक २७ बुधवार

894 

shares

२७ कात्तिक, कास्की । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ ।

पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाको प्रवेशद्वार खोलाको छेउ, रुपाकोट रिसोर्ट प्रवेशद्वारमा आकर्षक एवं भव्य स्वागतद्वार निर्माण गरिएको छ ।

स्वागतकै लागि गुरुङ जातिको झाँकी, दलित समुदायका तर्फबाट पञ्चेबाजा, नेवार समुदायका तर्फबाट लाखे र मारुनी नृत्य प्रदर्शनको तयारी गरिएको छ ।

रुपाकोटामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीले स्वागत गर्ने उनले जानकारी दिए । (रासस)

वि.सं.२०७६ कात्तिक २७ बुधवार १५:०५ मा प्रकाशित

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

खाजा पसलका नाममा बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा...