back
CTIZAN AD

यस्ता छन् २० करोड लगानीमा रारामा बन्न लागेका रिर्साटहरुको विशेषता (तस्बिरसहित)

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1.6K 

shares

३० कात्तिक, मुगु । कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्त्ब्य मुगुको रारामा आन्तरिक पर्यटकको चाप निकै बृद्धि हुन थालेपछि त्यसलाई मध्येनजर गरेर एक कम्पनीले सुबिधा सम्पन्न पर्यटकिय रिर्सोट बनाउन सुरु गरेको हो ।

रारा भिलेज रिर्सोट प्रालीले छाया“नाथ रारा नगरपालिको सल्लेरी र मुर्माकोटमा गरि दुई स्थानमा सुबिधा सम्पन्न रिर्सोट बनाउन लागेका हो । मध्यवर्ती क्षेत्र भित्र पर्ने उक्त स्थान रारा राष्टिय निकुञ्जको अनुमति लिएर कम्पनीले रिर्सोट बनाउन थालेको छ ।

राराको टुरिज बिकासको निम्ति २० करोड लगानीमा तीन वटा रिर्सोट बनाउन सुरु गरिएको प्रालीका कार्यकारी अध्यक्ष अनुपबिक्रम शाहले बताए । सल्लेरीमा रिर्सोट निर्माण कार्य सुरु गरि सकिएको उहा“को भनाई छ ।

भ्रमण बर्ष २०२० लाई लक्षित गरि सल्लेरीमा आगामी चैत भित्र रिर्सोट सम्पन्न गर्ने र त्यसपछि मुर्माकोटमा काम सुरु गरिने शाहले जानकारी गराए ।

गोर्खा इको प्यानल बाट बाताबरणमैत्री सुबिधायुक्त ४० वटा रुम भएको रिर्सोट निर्माण गरिने भएको छ । हिमाली जिल्ला मुगु जस्तो जाडो हुन ठाउ“मा गर्मी चिसो र जाडोमा तातो बनाउन गोर्खा इको प्यानलद्धारा रिर्सोट बनाउन लागिएको प्रालीले संस्थापक सदस्य बिर्ख रोकायाको भनार्ई छ

एक रिर्सोटमा १ सय पर्यटक अटाउने लक्ष्य राखिएको छ रिर्सोटमा शौचालय, बाथरुम, बगैचा, खेलमैदान र तातो चिसो पानी तथा बिद्युत इन्टरनेटको समेत ब्याबस्था गरिने भएको छ  ।

रिर्सोटमा तीन तह बिभाजन गरिएको छ । आन्तरिक तथा बाहय पर्यटकको लागि एक भवन र रारा घुम्न जाने भिआइपी बस्नको लागि छुट्टै बेडरुम बाम रुम भएको कोठा निर्माण गरिने भएको छ ।

स्थानीय करिव ४५ जना युवालाई तालिम दिएर रिर्सोटले काममा लगाउने भएको छ । एक रिर्सोटमा १५ जना युवाले रोजगारी पाउने लक्ष्य राखिएको छ ।

निकुञ्ज संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने होटल अभावले घुम्न आएका पर्यटकबाट गुनासो खेप्नु परेको अबस्थामा रिर्सोटले बनेपछि केही सहज हुनेछ ।

रिर्सोटले मौसम अनुकुल प्यारागलाइडिङ साइकिलिङ दौड म्याराधुन दौड जस्ता खेल समेत आयोजना गरि पर्यटकलाई रोमञ्ज दिने भएको छ । रिर्सोट भित्रै बैठक कुनै कार्यक्रमको निम्ति करिव ३ सयजना अट्ने सभाहल निर्माण गरिने त्यसको वारिपारि कर्णालीको कलासा“स्कृति झल्किने बिभिन्न तस्वीर राखिने भएको छ ।

रारा भिलेज रिर्सोटले स्थानीयको बा“झो जग्गा भाडा लिएर आलु, सिमी, फापर, हरियो तरकारी समेत उत्पादन गर्ने उद्येश्य राखेको कार्यकारी अध्यक्ष शाहको भनाई छ ।

रिर्सोट संचालनमा आए रोजागार पाउने स्थानीय उत्पादन सिमि, आलु, फापर, रातो चामल, कुखुरा, अण्डा, खसी, हरियो तरकारी स्याउ बिक्री गरेर आयश्रोत बृद्धि गर्ने स्थानीयको भनाई छ ।

हाल रारामा डा“फे गेष्ट हाउस, भिलेज हेरिटेज होटल र माझघट्ट होमस्टे गरि पर्यटक बस्न लायक तीन वटा मात्र होटल संचालनमा रहदा पर्यटकलाई बस्न समस्या हुने गरेको छ ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार १३:२४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...