back
CTIZAN AD

राष्ट्रपति ट्रम्पका अर्का पुर्वसल्लाहकार पनि दोषी ठहरिए

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1K 

shares

राष्ट्रपति डोनाल्ड जे ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन कांग्रेसलाई ढाँटेको, न्यायाधिशको अबहेलना गर्ने गरि तस्विर सार्वजनिक गरेको र न्याय सम्पादनमा व्यवधान गरेको जस्ता सात अभियोगहरुमा उनी दोषी ठहरिएको कुरा आज फेडेरल डिस्ट्रिक कोर्ट वासिङ्गटनका न्यायाधिशले फैसला गरेका हुन । सातै काउन्टमा दोषी ठहरिएका स्टोनलाई अधिकतम २० बर्षसम्मको जेल सजाय हुने सक्ने सम्भावना छ तर जतिनै बर्षको काराबासको घोषणा भएपनि राष्ट्रपति ट्रम्पले क्षमादान (पार्डन) दिने कुरामा उनी आशाबादी भएको उनका निकटवर्तीहरुले बताएको कुरा पनि बाहिर आएको छ ।

दोषी ठहरिए पश्चात उनलाई तत्काल जेल चलान गर्न माग गरिए पनि न्यायाधिश ज्याक्सनले उनलाई तत्काल नजरबन्द नगर्ने फैसला गरे । उनको जेल चलानको घोषणा आउँदो बर्षको फेब्रुअरी महिनाको ६  तारिख हुनेछ । उनी उपरका सम्पूर्ण संकास्पद अभियोगहरु रबर म्युलरको प्रतिबेदनले किटान जाहेरी गरेको हो । हिलारी ईमेल काण्डदेखि विकी लिक्सका संस्थापक जुलियन असाञ्जसंग उनको प्रत्यक्ष सम्बन्ध र संलग्नता भएको समेत आशंका गरिएको छ ।

राष्ट्रपति ट्रम्प उपर लगाईएको महाअभियोग सार्वजनिक सुनुवाईको चरणमा भर्खर प्रवेश गरेको बेला एकताकाका उनका हितैसी मित्र तथा पुर्व सल्लाहकार यसरी दोषी ठहरिनुले राष्ट्रपतिका अगाडीका दिनहरु अझ कठिन अनि जटिल हुने प्राय: निश्चित छ ।

 

वि.सं.२०७६ कात्तिक ३० शनिवार १३:१५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...