back
CTIZAN AD

कविता : म लिपुलेक

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1.3K 

shares

काठमान्डौलाई कहिल्यै चासो रहेन
कसरी जीवित थियो मेरो घिड्घिडो
बाँच्नकै निम्ति
मैले खाएका गोताहरूबाट
कोसौ दूर रहेको ऊ
यता नुनको अभाव खड्किरहँदा
उता सुनको भाउ घटबढमा घोत्लिन्थ्यो
मलाई पुसको ठिहीले
कप्लक्क निल्ला झै
मुख बहाएको बेला
ऊ फेसन सोको र्याम्पमै
कम्मर मर्काउथ्यो

पल्लाघरे,माथ्लाघरे छिमेकी
माखो चिप्लेने सडकमा
चिप्लेटी खेल्दै
जीवनका आधारभूत आवश्यकता
गम्लङ्ग अङ्गालेर मुस्कुराइरहेको दृश्य
घुटुघुटु थुक निल्दै
टुलुटुलु हेरिरहनु
मेरो नियति हुन्थ्यो

मेरै सहोदर
जङ्गेपिलर पनि
घरि ढालिने
घरी सारिने
घरि गायबै पारिने
व्यथा सुनाइरह्यो बेलाबेला
परिवर्तनको फिलाङ्गो
आइपुग्ला हामीसमक्ष पनि
सीमाको सुरक्षित घेरामा
नाचौला हामी पनि
हतास नबन
सम्झाएथेँ धेरै पटक

तर यसपाली त
मुटुमा बज्रेका पराइ बुट
शिरमा उडेका जेटका आवाजले भयभित म
आवाजबिहीन छु
इसारामै भनिरहेछु
भर टुट्यो कुरा बढा गर्नेहरूसँग
देशको सीमाना खोज्नेहरू आऊ
म आफ्नै करेसामा कसरी शरणार्थी बनिरहेछु
हेरेर जाऊ
म लिपुलेक ।।

२०७६\७\३०

 

वि.सं.२०७६ कात्तिक ३० शनिवार ११:१६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...