back
CTIZAN AD

इजाजत नभएका बन्दुक बरामद

वि.सं.२०८३ वैशाख २४ बिहीवार

456 

shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर इलाका प्रहरी कार्यालय दरवाङमा ल्याइएको जानकारी दिए ।

विसं २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १४२ थान इजाजत नभएका बन्दुक बरामद भएको उनले जानकारी दिए । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सामुदायिक वनमा वन्यजन्तुको चोरी शिकारीका साथै आपसी विवाद र झैझगडामा प्रयोग हुने जोखिम भएकाले अवैध बन्दुक बरामद गर्ने अभियान चलाएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

अवैध बन्दुक बरामद गर्न सञ्चालन भएको अभियानलाई म्याग्दी प्रहरीले ‘ब्राबोसेरा’ नाम दिएको छ । स्थानीयवासीहरुको सूचना तथा सहयोगमा जङ्गल, रुखका टोड्का, खोल्सा, मासिन नबस्ने घर गोठ तथा जमिनमा गाडेको अवस्थामा बन्दुक बरामद गरिएको हो ।

प्रशासनबाट अनुमति लिएर व्यक्तिगत सुरक्षाको प्रयोजनका लागि हतियार राख्न पाउने व्यवस्था छ । प्रशासनबाट इजाजत नलिई हातहतियार राख्नेलाई पाँच वर्षसम्म कैद सजाय र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अवैध बन्दुक बरामद गर्ने अभियान जारी राख्ने र त्यस्ता बन्दुक भएको सूचना उपलब्ध गराउन म्याग्दी प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:३९ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...