back
CTIZAN AD

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

वि.सं.२०८३ वैशाख २४ बिहीवार

474 

shares

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका व्यापारीलाई कोरलास्थित व्यापारिक भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ ।

उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले राससलाई जानकारी दिए ।

नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए ।

उक्त भवनमा व्यापार गर्न चाहने ४५ जनाले नाम दर्ता गराएका छन् । लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मा नाम्ग्याल गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । यो वर्ष ५० वटा सटर उपलब्ध हुने वडाध्यक्ष नाम्ग्यालले बताए ।

विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको दुईपालिकाका लागि औपचारिक रुपमा नाका खुल्ला गरिएको थियो । नाका खुलेपछि सीमावर्ती क्षेत्रका स्थानीयले बोर्डर पास लिएका थिए । कोरलानाकामा हाल नेपाल–चीन दशगजा क्षेत्रको नेपाली भूमिमा करिब ७० जनाले त्रिपाल टाँगेर व्यवसाय गर्दै आएका छन् ।

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:४९ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...