back
CTIZAN AD

कविता : शंकाको विष

वि.सं.२०७६ कात्तिक ३० शनिवार

1.4K 

shares

लाग्थ्यो तिमी र मलाई छेक्ने
मात्र त्यो निर्धारित सिमाना
तर धमनीमा बग्ने रगत एउटै,
सीमा पारि धड़कने दुई मुटुहरु
तर त्यसमा बहने भावना एउटै,
दुईवटा मस्तिष्कका रुप अलग्गै
त्यसभित्रका बिचार र सोंच एउटै,
सीमा वारिपारिबाट हातेमालो गरि
उक्लियौं ती भन्जाङ्गहरुमा
अनि सुस्तायौं संगै चौतरीमा ।
तिमीले मेरो सुन्यौ,मैले तिम्रो सुने
कसैलाई पोख्न नसकेका हाम्रा
उद्गार पोख्यौं यही चौतरीमा ।

“चेतावनी“
“लाच्छना“
“आवेग“
“कुण्ठा “
“अवरोध “

फेरि अचानक किन तिमीबाट ?
हामीबाट “म“ मा टुक्रिएका
तिम्रा…
धमनीका चिसो रगतले
ढुकढुकी बिनाको मुटुले
भावहिन मनका भावनाले
अचल मस्तिष्कका सोंचले
बुझ्न सके
निर्धारित सीमाभित्र
सीमा रेखा हुँदो नै रहेछ !
अकारणको शंकाहरुले
यस्ता सीमा–रेखाहरुलाई,
थप काँडादार पर्खालहरुबाट
अझ कठोर बनाउँदा रहेछ ।

वि.सं.२०७६ कात्तिक ३० शनिवार १०:०९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...