back
CTIZAN AD

कविता : तिमी अनि म

वि.सं.२०७६ कात्तिक ३० शनिवार

3.2K 

shares

आफ्नै सम्मानमा पनि पाखुरा सुर्कन्छौं ।
फुर्काईदिंदा फुर्कन्छौं ।
जीउ जीउ गर्दै बिषदिए,
ईख भुलि पिईदिन्छौं ।
प्रगति गर्न पराई सहारा चाहिने,
आफ्नो सोंच, बुद्धिले
काम गर्न गोडा काम्ने,
अरुले सही भनिदिए,
असल खराबको विवेक भुल्ने
पराश्रित, तिमी अनि म ।

विश्व आज परिवर्तनले घेरिसक्यो ।
विज्ञानले बेरिसक्यो, संसार नयाँ हेरिसक्यो ।
अझै पनि कुरा गर्छौं छुत अछुतको ।
सानो अनि ठूलो जातको ।
आफै बुझ्ने छौं र पनि,
बुझाईदिनुपर्ने अरुले नै ।
अबुझ बुझ्ला बरु
बुझ पचाउनेलाई सकिन्न ।
साँचो कुरा बोल्न हिच्किचाउने,
हुतिहारा, तिमी अनि म ।

हाम्रो यस्तै बुझ पचाउने बानीले,
फाइदा लिदैछन् अरुले ।
दशगजामाथि टेकी,
मानवताको भाषणसँगै,
हमला बोल्दैछन् अरु ।
यदि हामी निर्धा होईनौं भने ।
कायर होईनौं भने ।
उठौं अब बिरुद्धमा,
तिमी अनि म,
हामी बनेर ।।।

वि.सं.२०७६ कात्तिक ३० शनिवार १०:०७ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...