१ मंसीर, काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी बिरुद्ध मुद्दा दायर गरीएको हो ।
कपिलवस्तुका खरिदार मिश्र र चौधरीले जग्गाको मोही नामसारी गर्ने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु ६ हजार लिइसकेको अवस्थामा उक्त घुस सहित नियन्त्रणमा लिएको लिएको थियो ।
अनुसन्धानका क्रममा दुई मिश्र र चौधरीले समयमै काम नगरी सेवाग्राहीसँग मोही नामसारी गराउनका लागि उक्त कार्य गरी घुस लिएको सप्रमाण पुष्टि हुन आएकोले निजहरुलाई जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १ आइतवार १५:४० मा प्रकाशित






























