मंसिर १ काठमाडौँ । सन्दीप लामिछाने र पारस खड्का अहिले यूएईमा भईरहेको आबु धाबि टि–१० लिग खेलिरहेका छन । सन्दीप लामिछाने कर्नाटका टस्कर्समा आवद्ध छन भने पारस खड्का टिम आबु धाबिमा आवद्ध रहेका छन ।
पारस खड्का आवद्ध रहेको टिम, टिम आबु धाबिले आफ्नो पहिलो खेलमा क्लन्दर्ससँग बराबरी खेलेको थियो । पारस खड्काले पहिलो खेलमैँ टि–१० लिगमा डेब्यू गरेका थिए । उनि पहिलो खेलमा ३ बल खेलदैँ ३ रन बनाएर नटआउट रहेका थिए । पारस आवद्ध टिमले आज दास्रो खेल नरथन वारियर्ससँग खेलदैँ छ ।
पारसको टिमको खेल आज ५ः१५ बाट सुरु हुनेछ भने सन्दीप लामिछाने आवद्ध टिम कर्नाटका टस्कर्स र बगंला टाईगस बिचको खेल ७ः३० बाट सुरु हुनेछ । सन्दीप आवद्ध टिम कर्नाटका टस्कर्सले भने आफ्नो पहिलो खेलमा १९ रनले जित हासिल गरेको थियो । सन्दीपले पहिलो खेलमा २ ओभर गदैँ १९ रन खर्चेर १ विकेट समेत हात पारेका थिए ।
वि.सं.२०७६ मंसिर १ आइतवार १६:२४ मा प्रकाशित






























