back
CTIZAN AD

कानून व्यवसायीको प्रमाणपत्र निलम्बन स्थगित

वि.सं.२०७६ मंसिर २ सोमवार

789 

shares

२ मसिंर, काठमाडौँ । नेपाल कानून व्यवासायी परिषद्ले आठ जना अधिवक्ताको कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय स्थगित गरेको छ । यो निर्णयसँगै निलम्बन फुकुवा भएको छ ।

परिषद्का सचिव रामहरि शर्मा काफ्लेले आइतबार जारी गरेको सूचनामा अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला, ताराप्रकाश पौडेल, बाबुराम शर्मा रेग्मी, योगेन्द्र पोखरेल, हरि न्यौपाने, प्रेमसिंह धामी, जगदेव चौधरी र चन्द्रप्रसाद खनाललाई कानून व्यवसायी प्रमाणपत्र निलम्बन गर्ने निर्णय स्थगित भएको उल्लेख छ ।

सर्वोच्च अदालतले गत कात्तिक २६ गते कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने कार्य तत्काल नगर्न नगराउने अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश द्वय ईश्वर खतिवडा र मनोज शर्माको संयुक्त इजलाशले परिषद्ले गत साउन ७ गतेको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरमि आदेश जारी गरेको थियो ।

परिषद्ले अख्यितार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लागेका आठ जनामाथि अख्तियारले २०७५ माघ २१ गते मुद्दा दायर गरेको थियो । परिषद्ले २०७६ साल साउन ७ गते कानून व्यवसायी आचारसंहिता, २०५१ संशोधन गरी कानून व्यवासायीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

घटना भइसकेपछि कानून संशोधन गरेर गरिएको व्यवस्था सुविधा सन्तलुनको दृष्टिकोणले नमिलेको र भूतप्रभावी कानून लागू नहुने आदेशमा उल्लेख थियो ।

परिषद्ले लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको अधिवक्तामध्ये प्रेमसिंह धामी र जगदेव चौधरीले सर्वोच्च अदालतमा परिषद्ले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । परिषद्ले भ्रष्टाचार मुद्दा लागेका अधिवक्ताले वकालत गर्न नपाउने उल्लेख गर्दै लाइसेन्स निलम्वन गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७६ मंसिर २ सोमवार ०९:३० मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...