back
CTIZAN AD

क्यासिनो माजोंग दक्षिण एसियामा सर्बोत्कृष्ट

वि.सं.२०७६ मंसिर २ सोमवार

1.7K 

shares

२ मंसीर, काठमाडौँ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ ।

भारतका पर्यटन मन्त्री श्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योगको सर्बोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो । क्यासिनो माजोंगले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै क्यासिनो माजोंगले नेपालगंजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सचालन गरेको छ । २०६९ पौष १२ मा क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । आधुनिक सामाग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ ।

वि.सं.२०७६ मंसिर २ सोमवार १०:५७ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...