back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर २ सोमवार

1.1K 

shares

२ मंसीर, काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

धनुषाको जनकपुरधाम स्थित उक्त विश्वविद्यालयले केन्द्रीय कार्यालय र विश्वविद्यालय क्याम्पसका लागि मासिक ज्यालादारीमा नियुक्ति गर्नु पर्ने भएकोले उमेर ४० वर्ष ननाघेका केहि कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त विद्यालयका अनुसार ईच्छुक व्यक्तिले रितपूर्वको निवेदन दिई सूचना प्रकाशित मितिले १० दिनभित्र कार्यलयमा पेश गरिसक्नुपर्ने सूचना दिएको छ ।

विस्तृत जानकारीका लागि विवरणसहितको विज्ञापन विश्वविद्यालयको केन्द्रीय कार्यालय र विश्वविद्यालय क्याम्पसको सूचना पाटिमा टाँसीएको जनाएको छ ।

यसैबिच बालाजु र कालीमाटी स्थित एक प्रतिष्ठित सहकारी संस्था लिमिटेडले पनि जु.कर्जा अधिकृतमा १, जु. बजार अधिकृतमा २, अफिस असिस्टेन्टमा २, बजार प्रतिनिधीमा १० र पार्ट टाइमको लागि २ जना कर्मचारीहरुको माग गरेको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, बायोडाटा र १ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन पेश गरिसक्नु पर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४२८१३११, ४२८५३७४ मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

वि.सं.२०७६ मंसिर २ सोमवार ११:०१ मा प्रकाशित