back
CTIZAN AD

सनराइज बैंकको इनरुवामा शाखा विस्तार

वि.सं.२०७६ मंसिर २ सोमवार

1.2K 

shares

२ मसिंर  , काठमाडौँ । सनराइज बैंकले सप्तरीको इनरुवामा शाखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकलाई सेवा सुविधा दिने उद्देश्यले बैंकले देशको विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा इनरुवामा १२४ औं शाखा सञ्चालनमा ल्याएको विज्ञप्तीमा जनाइएको छ ।

आइतबार आयोजित कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौड्यालले उद्घाटन गरेका हुन् ।

त्यस्तै इनरुवा वडा नम्बर १ का वडाअध्यक्ष रामचन्द्र पोद्धार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्तरुपमा ए.टि.एम. को उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउदै लैलाने बताएका थिए।

यो शाखासँगै बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको बैंकले बताएको छ ।

वि.सं.२०७६ मंसिर २ सोमवार ११:१६ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...