मंसिर २, काठमाडौँ । एसीसी इमर्जिङ एसिया कप अन्र्तगत नेपाल र बंगलादेश बिचको खेलमा नेपाल पहिलो इंनिङ्गमा १३८ रनमा अलआउट भएको छ ।
बंगलादेशले पहिले टस जितेर बलिङ्ग गर्ने निणर्य गरेको थियो । पहिले ब्याटिङ्ग गर्न आएको नेपाल ४४.३ ओभरमा १३८ रन बनाएर अलआउछ भएको छ ।
नेपालका ५ ब्याट्सम्यानले दोहोरो अकं समेत बनाउन सकेनन् । नेपालका लागि सर्वाधिक रन सोमपाल कामीले बनाए । उनले ६३ बल खेलदै ३८ रन बनाएका थिए । बंगलादेशका लागि मिनहाजुलले सर्वाधिक ३ विकट हात पारेका छन् ।
बंगलादेशले अबको केही बेरमै आफ्नो ब्याटिङ्गको सुरुवात गर्ने छ ।
वि.सं.२०७६ मंसिर २ सोमवार ११:५९ मा प्रकाशित






























