back
CTIZAN AD

प्रदेश नंं १ लाई मुख्य पर्यटकस्थल बनाइने -मुख्यमन्त्री राई

वि.सं.२०७६ मंसिर ८ आइतवार

864 

shares

८ मङ्सिर, मोरङ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं १ सरकार यहाँका विशेष स्थानहरुको परिचय खुलाउनमा व्यस्त देखिएको छ ।  मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई पर्यटकीयस्थल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

नेपालको सबैभन्दा गहिरो स्थान झापाको केचनाकबल र विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यसै प्रदेशमा पर्ने भएकाले पनि प्रदेश नं १ लाई पर्यटकीय गन्तव्य स्थल बनाउन सकिने प्रदेश सरकारको अठोट छ ।

कोशी वन्यजन्तु आरक्षण क्षेत्र, चिया खेती, अलैँची, सुन्तला, देशकै सबैभन्दा ठूलो प्राकृतिक पोखरी बर्जुताल, रुद्राक्ष र विभिन्न प्रजातिका लालीगुराँस फुल्ने क्षेत्र र अन्य साना हिमाल, पहाड, मधेश वनजङ्गल र प्राकृतिक सौन्दर्यता भरिपूर्ण अन्य धेरै स्थानको खोजी र पहिचानमा प्रदेश सरकार लागिपरेको छ । धार्मिक दृष्टिले पनि बराह क्षेत्रदेखि पाथीभरा माईको मन्दिर यस प्रदेशमा हुनुले सबै किसिमको पर्यटकलाई लोभ्याउन सकिने आज यहाँ एक समारोहमा सरकारका प्रतिनिधिहरुले उद्घोष गरेका छन् ।

पर्यटन वर्षलाई सफल बनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज यहाँ ‘पर्यटक र अतिथिको सत्कार प्रदेश नं १ को संस्कार’ विषयक कार्यक्रमको आयोजना गरी विभिन्न देशका १०० पर्यटकलाई भव्य स्वागत गरेको छ ।

उनले पर्यटकका लागि अब नेपालको राजधानी काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीमात्र नभएर प्रदेश नं १ पनि आकर्षकको केन्द्र हुने भन्दै यहाँका विशेषता, संस्कार र भौगोलिकतालाई बुझेर प्रदेश सरकारले विभिन्न योजना बनाउन लागेको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले नेपाल भ्रमण वर्षलाई सफल बनाउन हामी सबैको दायित्व हो भन्दै प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्राउने कार्यक्रम बनाएको जानकारी दिए । नविल बैंकका कार्यकारी अध्यक्ष अनिलकेशरी शाहले पहिले देश अनिमात्र विदेश रणनीति बनाउन सकियो भने नेपालमा पर्यटक लागि समस्या नहुनेमा जोड दिए ।

वि.सं.२०७६ मंसिर ८ आइतवार १५:४६ मा प्रकाशित

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा

भद्रपुर (झापा) । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...