back
CTIZAN AD

‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान शुरु

वि.सं.२०७६ मंसिर ८ आइतवार

780 

shares

८ मङ्सिर, काठमाडौँ । ‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।

अभियानले आज पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकतावद्ध रहेको जनाएको छ । अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि देश विदेशमा रहेका सबै सांस्कृतिकर्मीलाई अभियानमा सामेल हुन आग्रह गरे ।

नेपालका ६० स्थानभन्दा बढी ठाउँमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उहाँले दुबै देशका जनताबीच सदियाँै पूरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा आफूले भारतका कलाकरसँग कुरा गरेको समेत सुनाए ।

अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सोअन्तर्गत यही मङ्सिर ९ गते काठमाडौँ स्थित भारतीय दूतावासमा बिरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

अभियानमा जन सांस्कृतिक महासङ्घ नेपाल, नेपाल सांस्कृतिक सङ्घ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासङ्घ आवद्ध छन् ।

वि.सं.२०७६ मंसिर ८ आइतवार १६:०३ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...