back
CTIZAN AD

किन भएनन् त जुम्ली घोडा बिक्री ?

वि.सं.२०७६ मंसिर ८ आइतवार

1.2K 

shares

८ मङ्सिर, दार्चुला । एक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार ह्वात्तै घटेको छ । घोडा व्यापारका लागि प्रसिद्ध मानिएको जौलजीवी मेलामा यो वर्ष घोडा खरिद गर्न व्यापारी नै नआएपछि जुम्ली घोडाको व्यापार घटेको हो ।

विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा गाउँगाउँ सम्म सडक पहुँच पुगेसँगै घोडाप्रतिको आकर्षण घटेको छ । गत वर्षदेखि नै जौलजीवी मेलामा घोडाको व्यापार कम हुँदै आएको हो । यो वर्ष गत वर्षको तुलनामा घोडा पनि कमै ल्याएर आउँदा पनि व्यापार भएको छैन, बूढीनन्दा नगरपालिका–३ बाजुराका कर्ण बिटोला भन्छन् । “मेला सकिँदै छ, यो वर्ष चारजना व्यापारीले २४ वटा घोडा ल्याइएकामा दुईवटा घोडामात्रै बिक्री भयो”, बिटोलाले भने, “ अब एक–दुई दिनमा कति घोडा बिक्री होला र रु”

जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पु¥याइएका घोडा विगतमा ग्रामीण भेगमा बिक्री हुन्थ्यो । जुम्लाका व्यापारी सत्यराज शाहीले भने, ‘‘पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको मूल्य बढेका कारण घोडा व्यापार सुस्ताएको देखिन्छ । घोडा सस्तो मूल्यमा पनि बिक्री हुँदैन । बिक्री भएका घोडा पनि चिनेकै मान्छेलाई उधारोमा दिएका छौँ ।
व्यापारी शङ्कर बिटुला घोडाको कारोवार नभएकामा चिन्तित छन् । ‘‘हाम्रा बाजेबुबाको समयदेखि जौलजीवी मेलामा घोडा व्यापार गर्न शुरु गरेका हाँै । जौलजीवी मेलामा मात्रै विगतमा सयौँ घोडाको व्यापार हुन्थ्यो, मैले नै यो मेलामा विगतमा ११९ घोडा विक्री गरेको थिएँ’’ उनले भने, “अहिले चार घोडा ल्याउँदा पनि बिकेको छैन ।”

व्यापारीहरुले गाउँबाट खरीद गरेरै केही बढी मूल्यमा बिक्री गर्ने गरी घोडा ल्याएका हुन् । मेलामा घोडा बिक्री नभएपछि ऋण कसरी तिर्ने र कहाँ लगेर घोडा बिक्री गर्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । अहिले रु १० हजारदेखि २० हजार भारतीय रुपैयामा समेत घोडा बिक्री नभएको व्यापारी बताउँछन् । विगतमा यिनै घोडा रु ५० हजार भारुमा बिक्री हुने गर्दथ्यो । सयौँ वर्षदेखि यही क्षेत्रमा घोडाको व्यापार हुने हुँदा ठाउँकै नाम घोडेबगर राखिएको छ ।

तीन देशको व्यापार हुने क्षेत्रका रुपमा जौलजीवी मेला लिइन्छ । झण्डै ११० वर्षदेखि यो क्षेत्रमा निरन्तर मेला लाग्दै आएको छ । काली र गोरी नदीको सङ्गमस्थलमा घोडाको व्यापार हुने गरेकामा अहिले भने घोडाको भन्दा पनि लुगाकपडा, भाँडाकुँडाको व्यापार फस्टाउन थाएको छ ।
यही अवस्थामा भए आगामी वर्षदेखि घोडा व्यापारका लागि जौलजीवी नआउने व्यापारी कर्ण बिटोला बताउँछन् । घोडाका लागि चाहिने घाँस, दाना महँगो भइसक्यो । विगतमा रु १० मा पाइने घाँस अहिले रु ४० पर्छ । घोडा राख्ने ठाउँमा त्यतिकै बास बस्न पाइने गरेकामा अहिले रु तीन हजार तिर्नुपरेको व्यापारीको गुनासो छ । स्थानीय सरकारले घोडा व्यापार संरक्षणका लागि सहयोग नगरेको उनीहरु बताउँछन् ।

पहिले गाउँमा सडक नपुगेको बेला घोडा किन्न ग्राहकको तँछाडमछाड हुन्थ्यो, यो बगरभरि व्यापारी आएर घोडा नचाउँथे । अहिले दिनभर एक–दुईजना घोडा हेर्न आउँछन् । जुम्ली घोडा पहाडी क्षेत्रमा सामान ढुवानी र चढ्नका लागि मुख्य यातायातको साधानको रुपमा लिने गरिन्छ ।
मालिकार्जुन गाउँपालिका–७ उकु जौलजीवीका स्थानीयवासी शेरसिंह खत्री विगतको तुलनामा घोडाको व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘‘हरेक वर्ष मेरो जमीनमा घोडा राखेर व्यापार हुने गरेको हो । पहिले पाँच–छ सय घोडा यहाँ आउँथे । पूरै बगरमा घोडाले भरिन्थ्यो, अहिलै हेर्नुस कोही छैन । घोडा खरिद गर्ने मान्छे नै छैनन् ।’’ पहाडका गाउँगाउँसम्म सडक यातायात पुगेपछि घोडाको प्रयोग घट्न थालेको छ । भारततिरका गाउँहरुमा पनि सडक पहुँच पुगेकै कारण अहिले घोडा कम खरिद–बिक्री हुने गरेको छ ।

पहिले बिहे हुँदासमेत घोडामा दुलाहादुलही जान्थे । घोडा भनेपछि गाउँमा स्थानीयवासी निकै खुशी हुन्थे तर अहिले युवा पुस्तामा घोडाप्रतिको आकर्षण कम भएसँगै यसको प्रभाव जौलजीवी मेलामा घोडाको बिक्री घट्न थालेको देखिन्छ ।

वि.सं.२०७६ मंसिर ८ आइतवार १६:१४ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...